एजेन्सी । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रुसको लोकोमोटिभ मस्कोलाई २–१ गोल अन्तरले पारजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाएको हो । मस्कोको घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सलाई जित दिलाउन अरोन राम्सी र कोस्टाले एक एक गोल गरे । यता मस्कोका लागि अलेक्सी मिरान्चुले एक गोल फर्काए । युभेन्ट्सले खेलको तेस्रो मिनेटमा राम्सीको गोलबाट सुरुआती अग्रता लिएको थियो ।
खेलको १२ औँ मिनेटमा घरेलु टोलीका लागि अलेक्सी मिरान्चुकले बराबरी गोल फर्काएका थिए । खेलको ईन्जुरी समयमा कोस्टाले गोल गर्दै युभेन्ट्सलाई नकआउट चरणमा पुर्याउन सहयोग गरे । समूह ‘डी’मा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्दै नकआउट चरणमा स्थान बनाएको छ । मस्कोको मात्र ३ अंक रह्यो ।