प्रवास
काठमाडौं । गैरआवासीय नेपाली संघ तान्जानियाको अध्यक्षमा पुष्पराज भट्टराई निर्वाचित भएका छन् । संघका पूर्व महासचिव समेत रहिसकेका भट्टराई तान्जानियामा रहेको आईटी कम्पनी रासेलोको संस्थापक तथा चिफ टेक्निकल अफिसरको रुपमा कार्यरत छन् । उनी पाल्पाका हुन् ।
त्यस्तै, उपाध्यक्षमा बिनोद पट्टेल, महासचिवमा श्रेय शाक्य, सचिवमा राम चौधरी, कोषाध्यक्षमा गोपाल रञ्जन निर्वाचित भएका छन् । महिला संयोजकमा अन्जली तामाङ, युवा संयोजकमा कृष्ण सुनुवार र सदस्यहरुमा पासाङ शेर्पा, दुर्गा बहादुर सिंजाली, बिमल भट्ट, बिजय ज्ञवाली, नारायण अर्याल र भगवान भट्टराई निर्वाचित भएका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६ १५:५७
प्रतिक्रिया दिनुहोस्