site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुटुको चालमा किन हुन्छ गडबड ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मुटुको चालमा गडबड आउने कारण धेरै छन् । पछिल्लो समय अस्पतालमा मुटुको चालमा आउने गडबडका समस्या लिएर आउने बिरामीको संख्या बढी देखिन्छ । 

मुटु रोगहरुध्ये मुटुको चालमा आउने गडबड एक प्रमुख समस्या समेत मानिन्छ । सामान्यतया एक स्वस्थ्य मानिसको मुटुको चाल एक मिनेटमा ५० पटकभन्दा माथि र एक सयपटक भन्दा तल धड्कन्छ । यो नियमित हुन्छ । एकै नास धड्कन्छ । तर एक सयभन्दा माथि र ५० भन्दा तल मुटुको चाल धड्केमा मुटुको चालमा गडबड भनिन्छ  । 

मुटुको चालमा गडबड जुनसुकै उमेर समूहका मानिसमा हुन्छ । अझ विशेष गरेर उमेर बढ्दै जाँदा मुटुको चालको गडबड झनै बढ्दै जान्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

४० वर्षभन्दामुनिका उमेर समूहका मानिसमा मुटुको चालमा गडबड कमै देखिन्छ । तर ४० वर्ष काटेका मानिसमा एक लाखमा केहीमा देखिन्छ भने ८० वर्ष नाघेका मानिसमा एक सय जनामा आठ जनामा देखिन्छ । मुटुको चाल अनिमियत हुने उमेरसँग पनि सम्बन्ध रहेको हुन्छ ।  त्यसैगरी कतिपय बिरामीहरुमा चिन्ता लाग्ने, निद्रा नलाग्ने, मनमा कुरा खेल्ने र मुटु ढुकढुक हुने समस्या लिएर आउछन् ।

Global Ime bank

त्यस्ता बिरामीलाई मनोचिकित्सककहाँ पठाउने गरेका छौँ । मुटुको चाल के कारणले गडबड भएको छ त्यसको चेकजाँच गरिन्छ । कतिपय बिरामीलाई अलिक गम्भीर प्रकारको उपचारसमेत गर्नुपर्ने हुन्छ । 

सबै मुटुको चालमा आउने गडबडका बिरामीलाई उपचार चाहिँदैन । कतिपय बिरामीलाई परामर्श दिएर नै निको हुने गरेको छ भने कतिपयलाई थप उपचार समेत गर्नुपर्ने हुन्छ ।

सबै प्रकारको मुटुको रोगमा मुटुको चालमा गडबड देखिने गर्छ ।

कतिपय मानिसमा मुटुको चालमा आउने गडबड जन्मजात नै देखिने गरेको पाइन्छ भने कतिपयलाई उमेरअनुसार बढ्दै गएको समेत देखिन्छ । मुटुको चालको गडबडको समस्या यही कारणले हुन्छ भन्ने छैनन्  । मुटुको चाल छिटो भएमा औषधिको माध्यमबाट उपचार गरिन्छ । 

तर ढिलोलाई छिटो बनाउने औषधि त्यति प्रभावकारी छैनन् । त्यस्ता बिरामीलाई पेस मेकर राखिन्छ । 

मुटुको चाल एक मिनेटमा २५ देखि ३० मिनेट तल भएमा मानिस रिंगटा लागेर बेहोस हुन्छ । जुन मुटुको चाल ढिलो भयो यस्तो अवस्थामा पेस मेकर राखिन्छ । सामान्य भाषामा भन्नु पर्दा मुटुको रिदम बनाउनेलाई पेस मेकर भनिन्छ । मुटुको चालको गडबडमध्ये धेरैजसोमा पछिल्लो समय मुटुको चाल ढिलो हुने समस्या देखिएको छ । मुटुको चाल ढिलो भएर मान्छे बेहोस हुन्छ भने कतिपयमा होस नै नआइ मृत्युसमेत हुने खतरा हुन्छ ।

गंगालाल अस्पतालले पेस मेकर सेवा सुरु गर्दा सुरुमा एक लाख रुपैयाँ दिने गरिन्थ्यो । अहिले पनि त्योभन्दा अझ गुणस्तरको पेस मेकर सोही मूल्यमा दिने गरेको छ ।  गंगालालमा वर्षमा करिब ६ सय बिरामीले पेसमेकर राख्ने गरेका छन् । देशैभर करिब एक वर्षमा एक हजार हाराहारीमा बिरामीले पेस मेकर राख्ने अनुमान गर्न सकिन्छ । 

कतिपय मुटुको चाल छिटो भएमा ईपीएस आरएफेको प्रयोग गरेर मुटुको चाल ठीक स्थानमा ल्याउन सकिन्छ । जुन सेवा गंगालालमा छ । 

मुटुको बनावट नर्मल छ भने चालमा समस्या खासै खतरा हुने अवस्था सिर्जना हुँदैन । तर जसको मुटुको रोग छ एकपटक हृदयघात भएको छ, जन्मजात मुटुको शल्यक्रिया गरेको छ, मुटुको भल्ब बिग्रेको छ । मुटुको मासु बिग्रेको छ, त्यस्ता बिरामीमा मुटुको चाल बढेर मृत्युसमेत हुने खतरा हुन्छ । अर्को रिँगटा लाग्ने, मुटु हल्लिन वा ढुकढुक हुने, बेहोस हुने, छाति दुख्ने जस्ता यस्ता लक्षण देखिए तुरुन्तै मुटु विशेषज्ञलाई देखाउनुपर्छ । तर यो समस्या फिजिसिएनले  छुट्याउन सक्दैन ।

यस्तो समस्याबाट बच्न तौल नियन्त्रणमा राख्ने, रातो मासुको सेवन सकेसम्म नगर्ने, नुनको मात्रा कम खाने, धुमपान र मद्यपानको सेवन नगर्ने, चिल्लो पिरो कम खाने, हरियो सागसब्जी बढी खाने गर्नुपर्छ । 

विशेष गरेर मुटु ढुकढुक गरेको अनुभव गर्ने मानिसले चिया कफी जस्ता खानेकुरा सकेसम्म कम खानुपर्छ । पहिला पहिला मुटुका बिरामीहरु अस्पतालसम्म आइ पुग्दैनथिए । उनीहरु धामीझाक्रीकहाँ जाने गर्थे तर अहिले पहिलाको तुलनामा मुटुको चालमा गडबड हुनासाथ अस्पताल आउने गरेका छन् । 

अन्त्यमा, कतिपय मानिसमा थाहा नहुँदा पेस मेकर महंगो हुन्छ भने उपचार लागि अस्पताल आउन डराउने गरेका छन् । त्यस्ता बिरामीहरुले गंगालाल र मनमोहनमा उपचारका लागि कम खर्चमा नै सेवा लिन सक्छन् । उनीहरु अन्य सामान्य मानिस जसरी जिवनयापन गर्न सक्छन् ।

(वरिष्ठ मुटु रोग विशेषज्ञ  डा. केसीसँग बाह्रखरीकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २२, २०७६  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC