site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिलभर्पाइ छानबिन गर्दै प्रदेश लेखा नियन्त्रण कार्यालय, प्राविधिक विषय सामाजिक समितिमा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । प्रदेश १ मा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताबारे छानबिन गरिरहेको सार्वजनिक लेखा समितिले प्रतियोगिताको प्राविधिक विषय सामाजिक विकास समितिलाई छानबिन गर्न दिने निर्णय गरेको छ । 

छानबिनका क्रमममा समितिले आयोजक अखिल नेपाल फुटबल संघ(एन्फा)सँग  मगाएका बिल तथा भौचरसहितका विवरण अध्ययन गर्न प्रदेश लेखा नियन्त्रणका कार्यालयलाई जिम्मा दिइएको छ । समितिको बुधबार बसेको बैठकले सामाजिक विकास समितिलाई प्रतियोगिताको सबै प्राविधिक पक्ष छानबिन गर्न र लेखा नियन्त्रण कार्यालयलाई खर्च विवरण ‘अडिट’ गर्न जिम्मा दिइएको लेखा समितिका सभापति शिवनारायण सिंह गन्गाईले जानकारी दिएका छन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

गन्गाईका अनुसार एन्फाले आफ्नो कोषबाट रु ३३ लाख विभिन्न क्लबहरुलाई दिएको विषयमा समेत अध्ययन थालेको हो । उनले भने,‘‘हामीले प्रतियोगिता गराउँदा के कसरी गोल भयो ? कुन क्लबले कति गोल खायो ? को कसरी हार्‍यो र को विजयी भयो आदि धेरै विषय सामाजिक विकास समितिलाई छानबिन गर्न दिने निर्णय गरेका हौं ।’’

आर्थिक वर्ष २०७५-०७६ को असार १६ गतेबाट सुरू भएको प्रतियोगिता महिनाको अन्तिममा सकिएको थियो । पहिलो प्रतियोगिता नै संचालन प्रक्रिया र खर्चको विषयलाई लिएर निकै विवादित बन्न पुगेको हो ।

Royal Enfield Island Ad

समितिले पटक पटक गरी एन्फाका पदाधिकारीसंग यस प्रतियोगिताको विषयमा जानकारी लिई बिलभर्पाइ बुझाउन निर्देशनसमेत दिएको हो । सभापति गन्गाईले भने,‘‘लेखा नियन्त्रण कार्यालयका दुई जना अधिकृतहरु बिलभर्पाइ खर्च विवरण आदि सबैको अभिलेख दुरुस्त भएको नभएको र कैफियतबारे पनि छानबिन गर्न खटिनु भएको छ । सबै अध्ययन सकिएपछि फेरि अर्को बैठकले निर्णय गर्नेछ ।’’

‘असारे झरीमा बजेट सक्नकै लागि प्रतियोगिता आयोजना गरिएको’ भन्दै प्रदेशसभामा सांसदहरुले यो प्रतियोगिताबारे प्रश्न उठाएका थिए । यसबारे सार्वजनिक लेखा समितिलाई छानबिन गर्न मागसमेत भएको थियो । लेखा समितिले आयोजकसंग प्रतियोगिताको खर्च विवरण, रकम भुक्तानी, बैंक स्टेटमेन्टलगायतका कागजपत्र मगाई छानबिन सुरू गरेको थियो । 

एन्फा केन्द्रीय सदस्यसमेत रहेका प्रतियोगिताका संयोजक किरण राईलाई समितिले बैठकमा बोलाएर प्रतियोगिताबारे जानकारी लिएको थियो । प्रतियोगितामा समान अंकमा रहेको तेह्रथुमलाई हटाइएपछि झन् विवाद् चर्किएको हो । प्रतियोगिता आयोजना गर्न सामाजिक विकास मन्त्रालयले रु. एक करोड र एन्फाले रु. ३३ लाख छुट्याएका थिए । प्रतियोगिता भइसक्दा उल्टै रकम बक्यौता रहेको एन्फा पदाधिकारीले दाबी गर्दै आएका छन् । 

मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता असार १६ देखि ३१ गतेसम्म भएको थियो । अत्यधिक वर्षाका कारण विराटनगरको सहिद रंगशालामा पानी जमेपछि फाइनल खेल धरान सारिएको थियो । स्पर्धामा १४ जिल्ला सहभागी थिए । पहिलो चरणको लिगको खेलहरु उदयपुर, धरान, र इलाममा खेलाइएको थियो । फाइनल खेल मोरङको बेलबारी फुटबल क्लबलाई हराउँदै झापाको सैनिक युथ क्लबले उपाधि जितेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro