site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाका लागि प्रस्थान 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिकासँगको व्यापार युद्धका कारण सम्बन्ध चिसिएकै बेला चिनियाँ राष्ट्रपति सी जिन पिङ पहिलोपटक उत्तर कोरियाको भ्रमणका लागि प्रस्थान गरेका छन् । यो सन् २००५ पछिको चिनियाँ राष्ट्रप्रमुखको पहिलो राजकीय भ्रमण हो ।  चिनियाँ राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोन उनबीच चीनमा यसअघि चारपटक भेट भइसकेको छ। यसपटकको भेटमा दुबै नेताबीच उत्तर कोरियाको आणविक योजनाका साथै अन्य आर्थिक मुद्दाहरुमा छलफल हुने बीबीसीले जनाएको छ । 

भेटका क्रममा ट्रम-किम हनोइ सम्मेलनका विषयमा पनि छलफल हुने जनाइएको छ । उनले हनोइ वार्ता असफल हुनुको कारण बुझेर ट्रम्पसँग पनि छलफल गरिने जनाइएको छ ।  आगामी साता जि २० सम्मेलन अगावै सी ले जापानमा अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।  सी को उत्तर कोरिया भ्रमण एक साता अघि मात्रै टुंगो लागेको हो । अमेरिकामा अवस्थित विश्‍लेषक साइट ३८ नर्थका प्रबन्ध सम्पादक जेनी टाउनका अनुसार यो भ्रमणलाई लिएर आश्‍चार्य मान्‍नुपर्ने कुनै कारण छैन । यो दुई देशबीचको मैत्रसम्बन्ध ७० वर्ष पुगेको वर्षगाँठको अवसरमा सम्बन्ध मजबुत बनाउने उद्देश्यले भ्रमण हुन लागेको हो । 

उनी भन्छिन्, "जी २० सम्मेलन अघि हुन लागेको यो भ्रमणको सांकेतिक मूल्य चाहिँ छ । यो भ्रमणले जि २० सम्मेलनमा सकारात्मक प्रभाव पार्नेछ ।  चीनले उत्तर कोरियामा स्थायीत्व, आर्थिक सहकार्य र आणविक योजनाका सम्झौताका विषयमा महत्वपूर्ण भूमिका रहेको चीनले आश्वस्थ पार्न चाहन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ५, २०७६  ०८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय