खेल
एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलपछि श्रीलंकाका अनुभवी खेलाडी लासिथ मालिंगा स्वदेश फर्किने भएका छन् । मालिंगा सासुआमाको निधन भएपछि स्वदेश फर्किने जनाइएको छ ।
उनको टोली श्रीलंका आफनो चौथो खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । बिस्ट्रोलमा खेल तीन बजे सुरु हुनेछ । श्रीलंका क्रिकेटले विज्ञप्ती जारी गर्दै बंगलादेशविरुद्ध खेलपछि उनले टोली छाड्ने छन् ।
उनी चार दिनपछि अष्ट्रेयाविरुद्धको खेलमा भने उपस्थित हुने बताइएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६ १४:४१
प्रतिक्रिया दिनुहोस्