site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार 

काठमाडौं । काठमाडौंको कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । बुधबार राति कालोपुल नजिकै डेरा गरी बस्‍ने दोलखाकी २० वर्षीया युवतीमाथि एसिड प्रहार भएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

डीआईजी पोखरेलका अनुसार एसिड प्रहारबाट ती युवतीको अनुहार र शरीको केही भाग जलेको छ । अहिले ती युवतीको उपचारका लागि अस्पताल लगिएको छ । 

Argakhachi Cement Island Ad

एसिड प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको डीआईजी पोखरेलले बताए ।

सांकेतिक तस्बिर

प्रकाशित मिति: बुधबार, जेठ १, २०७६  २२:०४
प्रतिक्रिया दिनुहोस्