site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
पुनर्निर्माण ३५ प्रतिशत बाँकी, सकिएला त २० महिनामा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । २०७२ वैशाखको भूकम्पपछि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न गर्न अब २० महिना समय छ । ५ वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ ०७२ पुसमा स्थापना भएको प्राधिकरणले ०७६ वैशाख ०९ गतेसम्ममा पुनर्निर्माणको ३५ प्रतिशत काम सम्पन्न गरेको बताएको छ । 

भूकम्प गएको ४ वर्ष पूरा हुनै लाग्दा मङ्गलबार सिंहदरबारमा प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, “हामीले निजी आवासलाई पहिलो प्राथमिकतामा राखेर पुनर्निर्माण कार्य अघि बढाएका थियौं । निजी आवास पुनर्निर्माण ८० प्रतिशत सम्पन्न भएको छ । स्थानीय जनप्रतिनिधिको सहयोगमा निजी आवास पुनर्निर्माण कार्यले थप गति लिएको हो ।”

ज्ञवालीले यस्तो दाबी गरे पनि तोकिएको समयसीमा अर्थात् ०७७ साल पुससम्ममा पुनर्निर्माणको सम्पूर्ण कार्य सम्पन्न हुनेमा सरोकावाला शंका व्यक्त गर्छन् । निजी आवास पुनर्निर्माणमा स्थानीय जनप्रतिनिधिले पीडित सिफारिसमा उल्लेख्य सहयोग गरेकाले प्राधिकरण गठन भएपछिको ४० महिनामा ६५ प्रतिशतमात्र पुनर्निर्माण सम्पन्न भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुनर्निर्माण बाँकी रहेका ऐतिहासिक तथा धार्मिक सम्पदा, शैक्षिक संस्था, स्वास्थ्य संस्था, विद्यालय भवन, सरकारी भवन र सुरक्षा निकायको भवन खानेपानीका संरचना पुनर्निर्माणको अवस्था निजी आवासको तुलनामा निक्कै कम रहेको छ ।

भूकम्पले क्षति पुर्याएका ७ हजार ५५३ विद्यालयमध्ये ०७६ वैशाख ९ गतेसम्म प्राधिकरणले ४ हजार ४७६ वटा विद्यालयको मात्र पुनर्निर्माण सम्पन्न गरेको छ । यस्तै, ७८८ स्वास्थ्य संस्थामध्ये ६४३ को पुनर्निर्माण सम्पन्न भएको छ भने १२ प्रतिशत अर्थात् १४५ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण हुन बाँकी रहेको छ ।पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणको प्रगति पनि निजी आवासका तुलनामा निक्कै कम रहेको छ । क्षति पुगेका ४४५ पुरातात्विक महत्वका सम्पदामध्ये ०७६ वैशाख ९ सम्म २२१ वटाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको भवन पुनर्निर्माणले पनि उल्लेख्य प्रगति हासिल गर्न सकेको छैन ।

Global Ime bank

भूकम्पले क्षति पुर्याएका सुरक्षा निकायका २१६ वटा भवनमध्ये १४५ भवनमात्रै ठडिएका छन् भने बाँकी ७१ वटा भवन अझै पुनर्निर्माणको पर्खाइमा छन् । यस्तै, सरकारी भवनहरुको पुनर्निर्माणको गति पनि उत्साहजनक छैन ।

प्राधिकरणले नै जारी गरेको तथ्यांकले यस्तो देखाए पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अबको २० महिनामा पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न हुने दाबी गरेका छन् । भूकम्पले क्षति पुर्याएका १४ जिल्लाको परम्परागत बस्तीको नेपाली मौलिकता मासेर ३ कोठेदेखि १ कोठेसम्मका घर पुनर्निर्माण गरिएको छ । 

पुनर्निर्माण भएका घरको संरचनालाई मात्र प्राथमिकतामा राखेकाले घरमा रहेका नेपाली मौलिक परम्पराअनुसारको ढिकी, जातो, गाईवस्तुको गोठ र यीसँग जोडिएका अन्य संरचनाको पुनर्निर्माणमा प्राधिकरणले ख्याल नगरेको सरोकारवालाको गुनासो छ ।

मङ्गलबारको पत्रकार सम्मेलनमा भने ज्ञवालीले दाबी गरे, “नेपालको पुनर्निर्माणको कार्यप्रगति देखेर अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेका छन् । नेपालको पुनर्निर्माण धेरै हिसाबले विश्वकै लागि नमुनायोग्य र अनुकरणीय छ ।”

प्राधिकरणका अनुसार ०७२ वैशाखको भूकम्पले क्षति पुर्याएका संरचनाहरुको पुनर्निर्माणका लागि कुल ९३८ अर्ब आकलन गरिएको थियो । जसमा आव ०७४–०७५ सम्म कुल १८६ अर्ब खर्च भएको र चालु आर्थिक वर्षमा १२३ अर्ब खर्च गरिने लक्ष्य प्राधिकरणले लिएको ज्ञवालीले जानकारी दिए ।

बहुस्वामित्व भएका घर, ऐतिहासिक सम्पदाबस्ती र एउटै स्थानमा जोडिएर रहेका सहरका घरको पुनर्निर्माणमा अझै पनि चुनौती रहेको ज्ञवालीले बताए । यी विभिन्न चुनौतीका अगाडि आगामी २० महिनामा पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न हुनेमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली नै ढुक्क छैनन् ।

“०७२ पुसदेखिको ५ वर्षभित्र पुनर्निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नेमा म विश्वस्त छु । तर हतार–हतार काम गर्दा ऐतिहासिक सम्पदाको पुनर्निर्माणमा त्रुटि हुनसक्छ । त्यसैले हतारमा पुनर्निर्माणको काम गर्न पनि हामीलाई अर्को चुनौती छ,” ज्ञवालीले भने ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १०, २०७६  १७:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC