कोरिया भाषा परीक्षाको शुल्क ग्लोबल आइएमईबाट तिर्न सकिने

कोरिया भाषा परीक्षाको शुल्क ग्लोबल आइएमईबाट तिर्न सकिने

काठमाडों । १० औं ईपीएस कोरियन भाषा परीक्षाको शुल्क ग्लोबल आइएमई बैकबाट बुझाउन सकिने भएको छ । विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि बैंकले संकलन सेवा प्रदान गर्ने भएको हो ।
२०७५ चैत ८ देखि चैत १७ गतेसम्म परीक्षाको शुल्क बुझाउन सकिने छ । यससम्बन्धि सम्झौतामा वैदशिक रोजगार विभाग ईपीएस कोरिया शाखा र ग्लोबल आइएमई बैंकबीच हस्ताक्षर भएको छ  । सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र ईपीएस शाखाका निर्देशक कृष्ण प्रसाद खनालले हस्ताक्षर गरे ।
सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका सबै १ सय ३३ वटा शाखा कार्यालयमा छुट्टै काउन्टरको व्यवस्था गरि बैंकले परीक्षा शुल्क संकलन गर्नेछ ।
परिक्षार्थीले ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ एप ‘ग्लोबल स्मार्ट’ तथा अनलाइन बैंकिङ ‘ग्लोबल अनलाईन’ मार्फत् पनि परीक्षा शुल्क भुक्तानी गर्न सक्नेछन् । 


प्रतिकृया दिनुहोस