site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बेलायतमा नेपालको प्रशंसा, संसारले सिक्नुपर्ने उदाहरण पेस गरेको दाबी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । बेलायत भ्रमणमा रहेका अर्थमन्त्री डा. युवराज खतिवडासँग बेलायतको हाउस अफ लर्डसका सदस्य तथा अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री लर्ड वेट्सले नेपालको विकास बारेमा चासो व्यक्त गरेका छन् । नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्र्याउन बेलायत पुगेका मन्त्री खतिवडासँग हाउस अफ कमन्समा भएको शिष्टाचार भेटमा बेलायती मन्त्री लर्डले २०७२ सालको विनासकारी भूकम्पपछिको पुनर्निर्माण, संघीयता कार्यान्वयन र विकासको बारेमा चासो व्यक्त गरेका हुन् ।
लर्डको जवाफमा मन्त्री खतिवडाले नेपालमा जारी भएको लोकतान्त्रिक संविधान विश्वमै उत्कृष्ट मध्येको एक भएको भन्दै समावेशीताले पूर्ण अभ्यास भएको रहेको बताए । संसदमा ९० प्रतिशत भन्दा बढी सदस्यले हस्ताक्षर र सहयोगमा निर्माण भएको संविधानकै आधारमा निर्माण भएको नेपालको संघीय संरचना विश्वमा उदाहरणीय भएको जानकारी दिए । 
उनले भने, “नेपालको संसदमा महिला, दलित, आदिवासी जनजाति, मुस्लिम तथा सिमान्तकृत समुदायको एकतिहाइ भन्दा बढी प्रतिनिधित्व छ ।” भेटमा लर्डले नेपालबाट संसारले समावेशीताको विषय सिक्नुपर्ने बताएका थिए ।
राज्यमन्त्री लर्डले खतिवडासँग मुलुक संघीयतामा गएको अवस्थामा राज्यले राजस्वको परिचालनलाई कसरी प्रभावकारी बनाउने भन्ने सम्बन्धमा बेलायतको अनुभव सुनाएका थिए । उनले नेपालको विकास प्रक्रियामा बेलायतले सदैव सघाउन तयार भएको प्रतिवद्धता समेत व्यक्त गरे ।
मन्त्री खतिवडाले पनि पुनर्निर्माणको काम भइरहेको र ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरुको निर्माण कार्य तिव्र रुपमा अघि बढेको जानकारी दिए । बेलायत नेपालको पहिलो कूटनैतिक सम्बन्ध कायम रहेको मित्रराष्ट्र भएकाले दुवै देशबीचको सहकार्य थप उचाइमा पुग्ने विश्वास उनको छ । उनले बेलायतले नेपालका विभिन्न क्षेत्रमा सञ्चालन हुने विकास परियोजनामा थप सहयोगको अपेक्षा समेत गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC