site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजार अझै मन्द, यससाता पनि घटेरै बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार अत्यन्त सुस्त देखिएको छ । सेयर बजारमा साताभर २२ अंकको गिरावट आएसँगै कारोबार रकम पनि न्यून हुनुले बजार अपेक्षाकृत रुपमा अगाडि बढ्न नसकेको संकेत गर्दछ ।

बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुले चालु आर्थिक वर्षको दास्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । सरकार र विभिन्न निकायले पनि बजारलाई सकारात्मक प्रभाव पार्ने नीतिगत व्यवस्था गरिसकेका छन् ।

तर, सेयर बजार अझै पनि सुस्त छ । सेयर कारोबार अझै सुस्त हुँदा बजारले उल्लेख्य फड्को मार्न सकेको छैन । विभिन्न तहका नीतिगत सुधार र अनलाइको पूर्ण कार्यान्वयनले लगानीकर्ता दिगो रुपमा खुसी हुन नसकेको देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

लगानीकर्तामा अझै अन्योल रहँदा यस साताभर धितोपत्र बजारमा नेप्से परिसूचक २२.०६ अंकले घटेको छ । साताभर एक दिनमात्र बढेको नेप्से परिसूचक समग्रमा ओरालो लागेको हो ।
पछिल्लो समय लगानीकर्तामा रहेको अन्योलको कारण बजार नकारात्मक देखिएका जाककारहरुले बताएका छन् । यसअघि बजारमा लगानीकर्तासँग सेयर किन्ने पैसा अभाव भएको भनिएको थियो । उक्त समय लगानीकर्तासँग लगानी गर्ने रकमको अभाव हुुनु, बुकिङ क्लोजको असर, ब्याजदर कम नहुनु आदि कारणले लगानीकर्ता हौसिन सकेका थिएनन् ।

तर, अहिले बजारमा लगानीयोग्य रकम बढेको बताइएको छ । राष्ट्र बैंकले बजारको माग पूर्ति गर्न केही तरलता पठाएको छ । हाल बजार बढ्न नसक्नुका कारण सेयर बजारमा थपिँदो रहेको नयाँ सेयर नै रहेको मानिएको छ । बजारमा सेयरको संख्यामात्र बढिरहँदा लगानीकर्ताको संख्या बढेको छैन । यसो त पछिल्लो समय बैंकहरुले ब्याजदर पनि लगानीकर्ताका लागि समस्या रहेको बताएको छ ।

Global Ime bank

यस्तो रह्यो साता

नेप्से २२ अंकले घट्यो, कारोबार रकम डेढ अर्ब

यससाता पनि सेयर बजारमा भारी गिरावट देखिएको छ । सुरुको दिनमै १७ अंकले घटेको सेयर बजार तेस्रो दिन समान्य बढ्न खोजेपनि त्यो प्रयास विफल रह्यो । चौथो र पाँचौं दिन पनि घटेर सेयर बजार बन्द हुँदा साताभरको समग्र दिशा सकारात्मक हुन नसकेको हो ।

सेयर बजारमा यससाताको कूल कारोबार रकम मुस्किलले डेढ अर्ब पुगेको छ । कारोबार रकम अघिल्लो साताभन्दा १२.४२ प्रतिशतले बढेर १ अर्ब ५० करोड ४४ लाख रुपैयाँमा कायम भएको हो ।

यसक्रममा सेयर बजारमा १ सय ८७ कम्पनीका २७ हजार ६ सय ८६ कारोबार भए । यसक्रममा ५१ लाख ३ हजार कित्ता सेयर कारेबारमा आए ।

अघिल्लो साता बजारमा १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर बिनबेच भएका थिए । नेप्सेको उताररचढाव कायम रहँदा बजारको औसत कारोबार ३० करोड कायम भएको हो ।
यससाता पहिलो दुई दिनको गिरावट नेप्से परिसूचकलाई भारी पर्यो । अघिल्लो साताभर ११ अंकले घटेको थियो ।

नेपाल स्टक एक्स्चेन्जका अनुसार पहिलो दिनको सुरुवाती बिन्दुभन्दा नेप्से १.९ प्रतिशत (२२.०६ अंक)ले घटेर परिसूचक १ हजार १ सय ३९ दशमलव ५९ अंकमा पुगेको छ । 
नेप्से बढ्दा यससाता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.७ प्रतिशतले घटेर २४२.६१ अंकमा आइपुगेको छ ।

नेप्से घट्दा यससता लगानीकर्ताले साढे ३० अर्ब रुपैयाँ गुमाएका छन् । साताभर लगानीकर्ताको कूल सम्पत्ति १.८८ प्रतिशतले घटेको हो । अघिल्लो साताको अन्तिम दिन १४ खर्ब १७ अर्ब २१ करोड रुपैयाँ रहेको कूल बजार पुँजीकरण साताको अन्तिम दिन १३ खर्ब ९० अर्ब ६३ करोड रुपैयाँमा कायम भएको छ ।

यससाता कारोबार रकमका आधारमा माथिल्लो तामाकोशी जलविद्यूत् कम्पनी अग्रस्थानमा रह्यो । कम्पनीका साताभर ५ हजार ९ सय ७३ कारोबारमार्फत् १० करोड ४४ लाख रुपैयाँका ४२ हजार कित्ता सेयर किनबेच भए । कारोबार संख्यामा पनि माथिल्लो तामाकोसी नै अग्रस्थानमा रहेको हो ।

यससाता नेप्सेमा हाम्रो विकास बैंकका १ लाख १८ हजार कित्ता बोनस तथा महालक्ष्मी सिटि एक्स्प्रेस फाइनान्सका २५ लाख कित्ता र सहारा विकास बैंकका ९ लाख ३ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०७५  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC