site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जोन्टी डीपीएलको गुडविल एम्बासडर नियुक्त
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दक्षिण अफ्रिकी क्रिकेटर जोन्टी रोड्स धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको गुडविल एम्बासडर नियुक्त भएको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए) ले जनाएको छ ।  मंगलबार धनगढी क्रिकेट एकेडेमी (डीसीएल) का अध्यक्ष सुवास शाहीद्वारा जारी विज्ञप्ती रोड्स एम्बासडर नियुक्त भएको जानकारी दिएको हो ।

उक्त अवधिभर रोड्स धनगढीमा बस्ने र उक्त समयमा विभिन्न कार्यक्रमहरुमा सहभागी हुने जारी विज्ञप्तीमा उल्लेख छ । दक्षिण अफ्रीकाको लागि ५२ टेस्ट तथा २४५ एकदिवसीय खेलेका ४९ वर्षे रोड्स आफ्नो फिल्डिङको कारण बिश्व प्रसिद्ध छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

रोड्स इन्डियन प्रिमियर लिग आईपीएल टिम मुम्बई इन्डियन्सको २०१७ सम्म लगातार ९ सिजन फिल्डिङ कोच रहेका थिए । यस्तै, श्रीलंका,दक्षिण अफ्रीका, केन्या जस्ता टिमहरुको प्रशिक्षण गरिसकेका छन् । प्रतियोगिताको गुडविल एम्बासडरको रुपमा जोन्टिको आगमनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र बिश्व क्रिकेट जगतको ध्यान प्रतियोगितामा तानिने विश्वास लिएको शाही द्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतियोगिता दौरान जोन्टि सीवाईसी अत्तरिया टिमको मेन्टरको रुपमा समेत रहने बताइएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १५, २०७५  १८:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement