site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
खराब ब्याटिङ लयको निरन्तरता, नेपालले ४ विकेट गुमायो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । खराब ब्याटिङ लयले निरन्तरता पाएपछि युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्धको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको शुरुआत राम्रो हुन सकेन । १५ ओभर सकिँदा नेपालले ४ विकेट गुमाइसकेको छ ।

नेपालका ओपनरद्धय ज्ञानेन्द्र मल्ल, विनोद भन्डरी, कप्तान पारस खड्का र दीपेन्द्रसिंह ऐरी आउट भइसकेका छन् ।  ज्ञानेन्द्र रनको खाता नखोली आउट हुँदा अर्का ओपनर विनोद भन्डारीले पनि ५ रन भन्दा धेरै स्कोर बनाउन सकेनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका ओपनरद्धयलाई युएईका कप्तान मोहम्मद नाभीदले पवेलियनको बाटो देखाएका हुन् । पहलो ओभरको चौथो बलमा ज्ञानेन्द्रलाई विकेटकिपर गुलाम सब्बरमार्फत क्याच गराएका नाभीदले बिनोदलाई पनि विकेटकिपरकै हातबाट क्याच गरे ।

नेपालका कप्तान पारस खड्का पनि १२औं ओभरको अन्तिम बलमा कादीर अहमदको बलमा अमिर हायतमार्फत क्याच भए । पारसले ३६ बलमा ३ चौकासहित २० रन जोडे । दीपेन्द्रसिंह ऐरी पनि रनको खाता नखोली रनआउट भए । दीपेन्द्रसिंह नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा पनि रन आउट भएका थिए ।

Global Ime bank

१५औं ओभरमा सकिँदा नेपाल ५५–४ को स्थितीमा छ । नेपालका सोमपाल कामी र आरिफ शेख क्रिजमा छन् । नेदरल्यान्ड्सविरुद्धको पछिल्लो खेलमा अर्धशतक बनाएका सोमपाल २० तथा आरिफ ५ रन बनाएर खेलिरहेका छन् ।

दुबईस्थित आइसिसी एकेडेमी ओभलमा घरेलु टोली युएईका कप्तान मोहम्मद नाभीदले टस जितेर फल्डििङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो ब्याटिङ गर्न लागेको हो । नेपालले युएईमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०७५  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !