site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सम्पर्कविहीन विमानका एक यात्रु सालाः असल मानिस, दक्षिण अमेरिकी योद्धा, मायालु खेलाडी
Siddhartha BankSiddhartha Bank

बीबीसी । २८ वर्षका इमिलियानो साला बल्ल फुटबल खेलाडीका रुपमा परिपक्व बन्दै थिए । त्यसैले उनलाई केही दिनअघिमात्र इङल्यान्डको कार्डिफ सिटीले अनुबन्ध गरेको थियो । 
मध्य सिजनमा सरुवा बजार खुल्दा कार्डिफसँग अनुबन्ध भएका साला प्राविधिक रुपमा पूर्ण नहुन सक्छन् । तर शारीरिक र मानसिक रुपमा उनी साहसी थिए र उत्तिकै मायालु पनि । मैदानमा जब्बर स्वभावका भए पनि मैदानबाहिर उनी शान्त थिए ।

उनलाई जासुसी उपन्यास खुब मन पथ्र्यो । उनी अवे खेलका लागि निस्कँदा पुस्तक बिना हिँड्दैनथिए । उनी गिटार पनि बजाउँथे । तर ती सब उनका लागि फुटबलपछिका रोजाइ थिए । त्यसैले उनी घरमा मात्र गिटारको साथमा हुन्थे ।

नान्टासको त्यो बिहान पनि सालाका लागि उस्तै थियो । क्याफे बाहिरको टेबलमा उनले आफ्नो प्रिय लाब्राडोर नाजा कर्लेडसँग ब्रेकफास्ट गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, भाग्य निर्दयी हुँदो रहेछ कहिलेकाहीँ ।

नान्टेसका समर्थकहरुले जनवरी महिना पूरै साला कार्डिफ जाने हल्ला झुटो बनोस् भन्ने आशामा बिताएका थिए । उनका प्रशिक्षक भाहिद हालिलहोडजिकले सालाको करियरलाई नयाँ उचाइ दिएका थिए । अक्टोबरबाट क्लबको प्रशिक्षण सम्हालेका उनी आफ्ना फरवार्डले क्लब छाड्ने कुरामा विश्वस्त थिएनन् । त्यसअघिका प्रशिक्षक मिगुएल कार्डोसोको प्रशिक्षणमा साला लय समाउन संघर्ष गर्दै थिए । 

Global Ime bank

हालिलहोडजिक आफैं पनि नान्टेसका पूर्व ‘सेन्टर फरवार्ड’ हुन् । हालिलहोडजिक अर्जेन्टिनाका फरवार्डलाई पुनः टोलीमा स्थापित गर्ने योजनामा थिए । साला सानै उमेरबाट अर्जेन्टिनाका हस्ती ग्याब्रियल बाटिस्टुटालाई रोल मोडल मान्थे ।

“उनी सम्वेदनशिल युवा हुन् । उनको मनोबल बढाउनु आवश्यक थियो । उनलाई आफूमाथिको विश्वास जगाउनु आवश्यक थियो । त्यसपछि उनी एक राम्रो फरवार्डका रुपमा स्थापित हुन सक्थे,” हालिलहोडजिकले भने ।

क्लबले आफूलाई गालाटासारे पठाउन लागेकोबारे साला जानकार थिए । उनी भन्थे, “क्लब मलाई गालाटासारेमा बेच्न चाहन्छ । मलाई कुनै पछुतो छैन । किनकी प्रशिक्षक र मैले धेरै कुरा गरेका छौं । मैले निरन्तर सुधार गरिरहेको छु ।”

नान्टेसमा कार्डोसोले राज गरेको समय जुलाईदेखि सेप्टेम्बरसम्ममा सालाले चार गोल गरेका थिए भने अक्टोबर र डिसेम्बरको बीचमा उनले ८ गोल गरेका थिए ।

‘इङ्ल्यान्डमा भएको भए जेमी भार्डे बन्थें’
\"\"उनी इङल्यान्डमा भएको भए, जेमी भार्डे बन्थे । त्यस्तो खेलाडी जो विपक्षी क्षेत्रमा आफ्नो ठाउँ बनाउन सक्थे र टोलीलाई चाहिएको अवस्थामा काउन्टर अट्याकमा खतरनाक बन्न सक्थे । फुर्तिला र विश्वासिला थिए । साँच्चिकै दक्षिण अमेरिकन योद्धा थिए । फ्रेन्च क्लब नान्टेसमा हुँदा उनलाई प्रायजसो कार्लोस टेभेजसँग तुलना गरिन्थ्यो । 

सालामा गोल गर्ने कला थियो । विशेषगरी पेनाल्टी क्षेत्रमा उनी विपक्षीको टाउको दुखाइ बन्थे । उनको टाउकोमा पनि गोल गर्ने अद्भूत कला थियो । ठिक समय ठिक ठाउँमा पुग्न सक्नु उनको विशेषता थियो । फ्रि–किक वा कर्नरमा हेडमार्फत् गोल गर्ने उनको क्षमता गज्जबको थियो । तर प्राविधिक रुपमा भने उनी केही कमजोर थिए । 

नान्टेस आफैं लिगमा संघर्ष गरिरहेको अवस्थमा आफू बेचिनुपर्ला भन्ने उनलाई विश्वास थिएन । तर, नान्टेसका अध्यक्ष किटा सरुवा बजारबाट १ करोड ७० लाख युरो गुमाउन चाहँदैनथे । हालिलहोडजिकले सफलतापूर्वक निखारेर पुनस्थापित गरेका सालालाई कार्डिफले अनुबन्ध गर्यो ।

सालाले सान फ्रान्सिस्कोमा बाल्यकाल बिताए । कोर्डोबामा बाल्यकाल बिताएपछि उनको युवावस्था बोर्डेउक्समा वित्यो । उनीसँग संगत गरेका सबै साला राम्रो मान्छे र टिममा पनि राम्रो सहयात्री भएको स्विकार गर्छन् ।

\"\"उनीसँगै खेलेका फिलिफ सादले भने, “उनी एकदम दयालु स्वभावका थिए । फुटबल टिम गेम हो भन्नेमा उनी विश्सास गर्थे । उनलाई कार्डिफ गएर आफ्नो प्रतिभा देखाउने मौका थियो । उनी त्यसका लायक पनि थिए ।”

मैदानमा उनको खेल्ने अपरिपक्व शैलीलाई लिएर सालाका सहयात्रीहरु प्रायः उनलाई जिस्काउने गर्थे । २०११–१२ को सिजन बोर्डेउक्समा बिताएपछि साला लोनमा ओर्लेन्स गएका थिए । त्यहाँ उनले ३७ खेलमा १९ गोल गरेका थिए । त्यसपछि उनी पुनः लोनमा निओर्ट गए । त्यतिबेलाका प्रशिक्षक पास्कल गास्टिउले सालालाई मन पराउँदैनथे । साला पुनः लोनमा काइन गए । अन्ततः नान्टेस पुगेपछि उनले स्थायित्व पाए । जहाँ उनले शुरुमा ५ वर्षको सम्झौता गरे ।

यसअघि पनि सालालाई उल्भरह्याम्पटनबाट प्रस्ताव नआएको होइन । तर एक वर्षअघि नान्टेसका अध्यक्ष किटाले ४० लाख युरोको प्रस्ताव अस्विकार गरिदिए । किटाले सालालाई १० लाख युरोमा भित्र्याएका थिए । त्यतिबेला उनले भनेका थिए, “मैले नान्टेसमा अझै सम्झनलायक केही गर्न सकेको छैन । यहाँ केही गरेरमात्र म जान चाहन्छु । म मेरा मिठा सम्झनाहरु छाडेरमात्र जान चाहन्छु ।”

केही दिनअघि नान्टेसको क्याफेबाहिर नाजासँग बसेर ब्रेकफास्ट गरिरहँदा साला निराश भए होलान् । त्यसपछि उनी आफ्नो टिम सहयात्रीसँग बिदा मागेर विमानमा कार्डिफका लागि उडे । उनी उडेको विमान अझैसम्म हराइरहेको छ । उनले नान्टेसका साथीहरुसँग मागेको बिदाइ अन्तिम नहोस् । उनको विमान सकुशल फेला परोस् । फेरि मैदान उत्रिएर सालाले आफ्नो खेल शैलीलाई परिपक्व बनाउने मौका पाउन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ९, २०७५  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement