site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रतिपक्ष कमजोर भएको कांग्रेसका युवा नेताको निष्कर्ष, सडक आन्दोलनमा जोड
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीलाई सडक आन्दोलनका लागि दबाब दिने तयारी गरेका छन् । सरकारको स्वेच्छाचारिताको विरोधमा सडक आन्दोलनमा उतार्न युवा नेताहरुले पार्टीलाई दबाब दिने तयारी गरेका हुन् । 

उनीहरुले माघ १० गते बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सरकारविरुद्ध सडक आन्दोलनका लागि नेतृत्वलाई दबाब दिने तयारी गरिएको बताएका छन् । सरकारका स्वेच्छाचारी कदम विरुद्ध सडक संघर्ष नगर्दासम्म कांग्रेसको प्रतिपक्षी भूमिका प्रभावकारी हुनै नसक्ने उनीहरुको निष्कर्ष छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेसका युवा नेता प्रदीप पौडेलले पार्टीलाई आन्दोलनका लागि सडकमा ल्याउने विषयमा आगामी केन्द्रीय कार्यसमिति बैठकमा कुरा राखिने जानकारी दिए । ‘‘अब पार्टीलाई आन्दोलनका लागि सडकमा ल्याउँँछौं । जबसम्म कांग्रेसलाई सरकारका लोकतन्त्रविरोधी कदमका विरुद्ध उठाएर आन्दोलनका निम्ति ल्याउन सक्दैनौं, तबसम्म प्रतिपक्षीय भूमिका प्रभावकारी देखिँदैन,’’ उनले बाह्रखरीसँग भने । 

संसदमा कांग्रेसले प्रतिपक्षको धर्म निर्वाह गर्दागर्दै पनि सरकार एकलौटी ढंगबाट विपक्षीलाई पेलेर अगाडि बढ्ने सोचबाट ग्रसित भएकाले कांग्रेसका सामु सडक संघर्षको विकल्प नभएको युवा नेताहरुको भनाइ छ । ‘‘सरकारलाई जुन दुई तिहाइको दम्भ छ, त्यो दम्भविरुद्ध सडक संघर्ष र सदन संघर्ष दुवै अपनाउनुपर्छ,’’ अर्का युवा नेता धनराज गुरुङले बाह्रखरीसँग भने, ‘‘हामीसँग आन्दोलनको विकल्प देखिँदैन । यस विषयमा आगामी केन्द्रीय समितिको बैठकमा गम्भीर छलफल गर्छौं ।’’   

Royal Enfield Island Ad

सरकारले उठाइरहेका स्वेच्छाचारी कदमलाई प्रतिपक्षीले टुलुटुलु हेरेर बस्नु मुलुकका लागि दुर्भाग्य हुने दाबी गर्दै उनले सरकारका कमीकमजोरी र गैर–जिम्मेवारी कदमलाई कांंग्रेसले गम्भीर भएर सजग हुुनपर्ने बेला आएको बताए ।   

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि पार्टीको घरायसी जीवनलाई व्यवस्थित गर्ने क्रममा प्रतिपक्षी भूमिका केही कमजोर जस्तो देखिएको भन्दै आन्दोलनका बारेमा पार्टीले छिट्टै अवधारणा बनाउने बताएका छन् । आगामी केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेसले सरकारका विषयमा अवधारणा बनाएर कडाइका साथ प्रस्तुत हुने उनको भनाइ छ । ‘‘माघ १० गतेको केन्द्रीय कार्यसमितिको बैठकपछिड कांग्रेस संसदमा कडाइका साथ प्रस्तुत हुन्छ । त्यसका लागि आवश्यक छलफल र अवधारणा निर्माण हुन्छन्,’’ प्रवक्ता शर्माले भने । 

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताहरु पनि पछिल्लो समयमा सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका छन् । उनीहरु विभिन्न जिल्लामा भइरहेका प्रशिक्षण, भेटघाट लगायतका कार्यक्रमहरुमा सरकार विरुद्धको आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिँदै आएका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०७५  ११:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro