site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो प्लास्टिक मुक्त संरक्षण क्षेत्र घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो प्लास्टिकमुक्त क्षेत्र घोषित भएको छ । मंगलबार एक कार्यक्रमकाबीच निकुञ्जलाई प्लास्टिक मुक्त संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

वन तथा वातावरण मन्त्रालयको अगुवाइमा शुरुवात गरिएको उक्त अभियानमा कोका–कोला नेपाल, नेपाली सेना, वल्र्ड वाइल्डलाइफ फन्ड (डब्लूडब्लूएफ), राष्ट्रिय प्राकृतिक संरक्षण कोष, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), पर्यटन उद्यमी, स्थानिय समुदायले सहकार्य गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोकाकोलाले विगत ४ वर्षदेखि प्लास्टिकजन्य वस्तुको व्यवस्थापनका लागि थुप्रै सहकार्य गर्दै आएको छ ।

नेपालमा प्रतिदिन औसतमा करिब २० मिलियन प्लास्टिक ब्यागहरु प्रयोगमा आउने गरेको छ । प्लास्टिक झोलाहरु एक पटक प्रयोग गरेपछि त्यसलाई जथाभावी फाल्दिने हाम्रो चलनचल्तीले गर्दा ग्रह प्रदुषित बनेको छ । निकुञ्जलाई प्लास्टिक प्रयोग मुक्त क्षेत्र बनाउँदा अन्य संरक्षण गरिएका स्थान तथा सम्पूर्ण नेपालमै प्लास्टिक मुक्त क्षेत्र बनाउन प्रेरित गर्ने अभियानकर्ताहरुको अपेक्षा छ ।

Global Ime bank

सो अवसरमा कोका–कोला नेपालका कन्ट्रि डिरेक्टर अम्बुज सिंहले यो कदम पृथ्वी, समुदायका साथै व्यापारका दृष्टिकोणले पनि निकै उपयुक्त हुने आशा राखेको बताए ।

कोका–कोला नेपालले चितवन राष्ट्रिय निकुञ्जबाट जम्मा भएका रिसाइकल हुन प्लास्टिकजन्य फोहोरलाई सही तरिकाले रिसाइकिल गर्नेछ । त्यस्तै कोका–कोला नेपालले आफ्ना पार्टनरसँग सहकार्य गरेर रिसाइकल नहुने प्लास्टिकजन्य फोहोरका लागि समाधान खोज्न प्रयासरत रहेको बताएको छ ।

काठमाडौंमा प्लास्टिक मुक्त क्षेत्र अभियानको सफलता पश्चात् चितवन राष्ट्रिय निकुञ्जमा सञ्चालनमा ल्याइएको यो अभियानले संरक्षण गरिएको क्षेत्र र अन्य भूभागमा पनि शुन्य प्लास्टिकको पहल प्रभावकारी हुने आशा गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २०, २०७५  १७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC