site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ज्यान जोखिममा रहेका ३४ जिल्लाका गर्भवती महिलाको उद्धारको लागि सरकारले हवाई सेवा उपलब्ध गराउने 
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  सरकारले हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी हुँदा स्वास्थ्य समस्या सिर्जना भइ ज्यान जोखिममा परेका महिलाको हवाई उद्धार गरि तोकिएको अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले हिमाली तथा पहाडी क्षेत्रमा पर्ने ३४ जिल्लाका महिलालाई यस्तो सुविधा उपलब्ध गर्ने भएको हो । 

हिमाली तथा पहाडी जिल्लाका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्वार गर्नको लागि आवश्यक कार्यविधि समेत मन्त्रालयले जारी गरेको छ । मन्त्रालयले हालै जारी गरेको कार्यविधिलाई ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७५’ नाम दिइएको छ । 

“राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हुने अवस्थामा स्वास्थ्य समस्या सिर्जना भइ ज्यान जोखिममा रहेका महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पु¥याइ गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्ने प्रयोजनका लाग यो कार्यविधि तयार गरिएको हो,” कार्यविधिको भूमिकामा भनिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यविधिका अनुसार हवाई उद्धार कार्यक्रम संचालन हुने दुर्गम हिमाली तथा पहाडी जिल्लामा दार्चुला, बैतडी, बाजुरा, बझाङ, डोटी, अछाम, जाजरकोट, दैलेख, मुगु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, पाँचथर, तेह्रथुम, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु रहेका छन् । 

त्यस्तै, दोलखा, सिन्धुपाल्चोक, गोरखा, बाग्लुङ, मनाङ, मुस्ताङ, म्याग्दी, रोल्पा, रुकुमपूर्व, रुकुमपश्चिम, सल्यान, रसुवा र धादिङ जिल्लामा पनि यो कार्यक्रम सञ्चालन हुनेछ । 

Global Ime bank

कार्यविधिमा लगातार लामो प्रशव बेथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा हात खुट्टा शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्त अल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको रुपमा व्याख्या गरिएको छ । सुत्केरीको उद्धार जहाज तथा हेलिकोप्टरमार्फत गरिने कार्यविधिमा उल्लेख छ । 

हवाई उद्धार कार्यको समन्वय गर्नको लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुखको संयोजकत्वमा एक समिति गठन गरिने छ । 

जसमा अन्य ८ सदस्यहरु रहने छन् । स्थानीय तहमा हवाई उद्धार गर्ने कार्यको लागि समन्वय गर्न गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष संयोजकत्वमा समिति बनाइने छ । समन्वय समितिको सिफारिसमा सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्य गरिने छ । 

कार्यविधिअनुसार ज्यान जोखिममा परेकी गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारसम्बन्धी कार्यको मन्त्रालय, विभाग र यस अन्तर्गत बनेको समिति तथा राष्ट्रपति महिला उत्थान कार्यक्रम निर्देशक समितिले आवश्यकताअनुसार आवधिक समीक्षा तथा मुल्यांकन गर्नेछ । सेवा प्रदायक संस्थाले हवाई उद्धार सम्बन्धी सम्पादन गरेका कार्यहरुको विवरण प्रत्येक महिना महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय शाखामा उपलब्ध गराउन पर्नेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २६, २०७५  ११:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC