देश
काठमाडौं । काठमाडौं बौद्ध स्तुपबाट २ किलो नक्कली सुनसहित २ जना पक्राउ परेका छन् । उनीहरु सक्कली सुन भनी नगद ६६ लाख रुपैयाँमा बिक्री गर्न लागेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा काठमाडौं चाबहिल बस्ने सिन्धुपाल्चोक वलेफी घर भएका २३ वर्षीय लालबहादुर लामा र सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची घर भएका २२ वर्षीय राजिव तामाङ रहेका छन् ।
नक्कली सुनलाई सक्कली सुन भनी बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५ १३:०१
प्रतिक्रिया दिनुहोस्