site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ईपीएल : चितवन टाइगर्स र काठमाडौं किङ्स–११ बीच प्रतिस्पर्धा हुँदै 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज चितवन टाइगर्स र काठमाडौं किङ्स ११ ले प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे हुने पहिलो खेलमा चितवन टाइगर्स र काठमाडौं किङ्स—११ ले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

ईपीएलमा पहिलो खेल खेल्न लागेको काठमाडौंको कप्तानी राष्ट्रिय टोलीका पेश बलर सोमपाल कामीले सम्हालेका छन् भने चितवन टाइगर्सको कप्तानी पृथु बाँस्कोटाले गरेका छन् ।

ईपीएलमा आफ्नो पहिलो खेल ११ रनले ललितपुर प्याट्रियट्सलाई सुम्पिएको चितवन काठमाडौंलाई रोक्दै सुखद पुनरागमनको खोजीमा हनेछ । भने लिगको पहिलो खेलमा चितवनसँग भिड्न लागेको काठमाडौं सुखद सुुरुआतमा हुुनेछ ।

Agni Group
NIC Asia

यसअघि सन् २०१७ को एभरेष्ट प्रिमियर लिगमा चितवन टाइगर्स काठमाडौं किङ्स—११ सँग ३ विकेटले पराजित भएको थियो । आफ्नो विगत दोहोर्याउने लक्ष्यसहित काठमाडौं मैदान उत्रिने छ । तर, चितवन आफ्नो विगत सञ्च्याउने लक्ष्यमा रहने कप्तानले बताएका छन् ।

खेलाडी

Global Ime bank

काठमाडौं किङ्स—११

कप्तान सोमपाल कामी

राजुु रिजाल, सागर पुन, साम्सद शेख, सिदान्त लोहनी, जितेन्द्र मुुखिया, अमर सिंह रौटेला, बिक्रम भुुषाल, केभिन ओ ब्राहिम, रोहन मुुस्तफा, पुरन विश्वकर्मा, नरेश बुुढाऐर, अमित श्रेष्ठ, नितेश थापा

चितवन टाइगर्स

कप्तान पृथुु बाँस्कोटा

दीपेन्द्र सिंह ऐरी, कमलसिंह ऐरी, साहव आलम, ललित भण्डारी, पाल स्टलिङअदिल खान, जोन सिमसन, इसान पाण्डेय, दीलिप नाथ, भिम सार्कि,  सन्दीप सुनार, आकाश थापा, सागर ढकाल
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०७५  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय