site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौं–जनकपुर साइकल यात्रा सुरु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ऐतिहासिक–सामाजिक–सांस्कृतिक सद्भाव कायम गर्न आह्वान गर्दै काठमाडौं–जनकपुर साइकल यात्रा सुरु भएको छ । हिन्दू धर्मको पवित्र तीर्थस्थल काठमाडौंको पशुपतिनाथबाट साइकल यात्रा शुभारम्भ गरिएको हो । 
आइतबार बिहान पशुपतिनाथ परिसरमा एक कार्यक्रमका बीच उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा र रुद्राक्षको माला साइकल यात्रीलाई लगाइदिएर सो साइकल यात्राको शुभारम्भ गरे । ८५ जना साइकल यात्री सहभागी रहेको सो साइकल यात्रा वीर पुर्खाहरुले तत्कालीन अंग्रेज शासकलाई हराएको ऐतिहासिक स्थल सिन्धुलीगढी हुँदै धार्मिक नगरी जनकपुरस्थित रामजानकी मन्दिरमा पुगेर समापन हुनेछ । जनकपुरमा विवाह पञ्चमीको अवसर पारेर सो साइकल यात्रा आयोजना गरिएको हो । 
आइतबार पशुपतिनाथबाट सुरु भएको सो साइकल यात्रा ४ दिनमा २ सय २५ किलोमिटर पार गरी जनकपुरस्थित जानकी मन्दिरमा पुगेर समापन हुनेछ । पशुपति क्षेत्र विकास कोषको संयोजनमा आयोजना गरिएको साइकल यात्रीलाई कमलामाई नगरपालिका, सुनकोशी नगरपालिका, बर्दिबास नगरपालिकाले पनि आ–आफ्नो क्षेत्रमा पुगेपछि स्वागत गर्ने कार्यक्रम छ । सामाजिक तथा सांस्कृतिक सदभाव कायम गर्न विगत केही वर्षयता काठमाडौं–जनकपुर साइकल यात्रा आयोजना हुँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २३, २०७५  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC