खेल
काठमाडौं । मलेसियामा जारी आईसीसी विश्व ट्वान्टी– २० एसिया छनोट समूह ‘बी’ अन्तर्गत नेपाल आज नौलो प्रतिद्वन्द्वी चीनसँग प्रतिष्पर्धा गर्दैछ । यसअघिका ४ खेलमा लगातार जित निकालेको नेपाल पाँचौ खेलमा पहिलो पटक चीनसँग खेल्न लागेको हो । खेल क्वालालम्पुरस्थित बायुमास ओभलमा ७ः४५ बजे सुरु हुनेछ । लगातार जित निकालेको नेपाल दोस्रो चरणमा पुगिसकेको छ भने चीन जितविहीन छ ।
यसअघिका खेलजस्तै चीनविरुद्ध पनि नेपालले सहज जित निकाल्ने अपेक्षा गरिएको छ । ७ टोली सहभागी प्रतियोगिताको शीर्ष ३ मा रहने टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।
प्रकाशित मिति: बुधबार, असोज २४, २०७५ ०६:५७
प्रतिक्रिया दिनुहोस्