site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भारतलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल भुटानमा जारी यु–१८ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । 

शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा निर्धारित समयसम्म १–१ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । 
जसमा नेपालले ३–१ ले बाजी मार्यो । नेपालकी गोलरक्षक अन्जना रानामगरले भारतका दुई प्रहार रोकेकी थिइन् भने एक प्रहार बाहिरिएको थियो । नेपालको एक प्रहार बाहिरिएपनि रेखा पौडेल र अन्जनाले गोल गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि खेलको सुरुवातमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले निर्धारित समयसम्म भारतसँग १–१ को बराबरी खेल्नुपरेको थियो । खेलको १५ औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले भारतीय गोलरक्षकको गल्तीको फाइदा उठाउँदैे गोल गरेकी थिएन् । 
अग्रतापछि आक्रामक बनेको नेपालले पहिलो हाफमा भारतलाई निकै दबाबमा राखेको थियो । दोस्रो हाफमा भारत आक्रामक बनेपनि नेपालकी गोलरक्षकले शक्तिशाली प्रहार रोकेकी थिइन् । 

तर ६२ औं मिनेटमा भारतकी समीक्षाले फ्रि किकमार्फत बराबरी गोल फर्काइन्। बराबरीपछि दुबै टोलीले आक्रामक खेलेपनि गोल हुन सकेन । निर्धारित समयपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा नेपालकी गोलरक्षक अन्जनाले उत्कृष्ट प्रदर्शन गरिन् । समुह बीको उपबिजेता बन्दै सेमिफाइनलमा पुगेको नेपालले अब उपाधिका लागि भुटान र बंगलादेशबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०७५  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement