site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट
Sarbottam CementSarbottam Cement

सर्लाही । दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ ।

दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमानसहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही हरिपूर्वा नगरपालिका—२ का २४ वर्षीय जोगनारायण साहसँग विवाह भएको थियो । विवाह गरेको पाँच दिनपछि उनी माइत गएकी थिइन् । त्यसको केही दिनमा नै उनी घर फर्किएकी थिइन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विवाह भएको चार दिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्र्याउने परम्परा अनुसार उनलाई खाना पकाउन पठाइएको र खाना बनाउने क्रममा भान्सामा सामग्री माग गरेपछि विवाद भएको स्थानीयवासीले बताएका छन् । घरफर्किएपछि त्यही विषयमा पुनः विवाद शुरु भएपछि श्रीमानसहित परिवारका अन्य सदस्यले आफूलाई निर्घात कुटपिट गरेको दुलहीले बताएकी छिन् । कुटपिटबाट घाइते भएकी उनलाई माइती पक्षले उपचार गराएको छ । 

माइती पक्षले सर्लाहीको शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयमा दोषीलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् । कुटपिटमा संग्लन अमृताका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ भने अन्य सदस्य भागेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौडले बताए । 

Global Ime bank

माइतीपक्षले विवाहमा नगद तीन लाख ७५ हजार रुपैयाँ, दुई तोला सुन, १२ तोला चाँदी, फर्निचर र लत्ताकपडा गरी १२ लाख रुपैयाँभन्दा धेरै दाइजो दिएको बताएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १४:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC