site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सेयर बजारमा सामान्य करेक्सन, १६ अर्बमाथिको कारोबार हुँदा हाइड्रोपावर रोजाइमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य करेक्सन भएको छ । बिहीबार बजार परिसूचक नेप्से १.८०  अंकले करेक्सन भएर २९४४.७८ अंकमा बन्द भएको छ ।

मंगलबार २०६०.१४ अंकको ऐतिहासिक विन्दुमा पुगेको नेप्से लगार दोस्रो दिन पनि करेक्सन भएको हो । बुधबार ‘इन्ट्रा–डे’ कारोबारमा ३००५ अंकसम्म पुगे पनि अन्तिममा घटेर बन्द भएको थियो । आज पनि बजारमा उचार–चढावबीच अन्तिममा सामान्य करेक्सन भएर बन्द भएको छ ।

नेप्सेमा करेक्सन भए पनि ‘क’ वर्गका कम्पनीहरुलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने बढेको छ । सेन्सिटिभ इन्डेक्स २.५९ अंकले बढेर ५२७.८७ अंकमा पुगेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बजार परिसूचकमा १.८ अंकको सामान्य करेक्सन हुँदा कारोबार रकम भने १६ अर्ब नाघेको छ । आज नेप्समा ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजारको कारोबार भएको छ ।

विकास बैंक वित्त कम्पनी र हाइड्रोपावर उपसूचकले बजारलाई उचाल्ने प्रयास गरे पनि बजारलाई लिग गर्ने बैंकिङसँगै जीवन बिमा उपसूचकमा गिरावट हुँदा नेप्सेमा करेक्सन भएको छ । आज नेप्सेमा हाइड्रोपावर उपसूचक २.९९ प्रतिशत, विकास बैक उपसूचक २.६३ प्रतिशत र वित्त कम्पनी उपसूचक २.५७ प्रतिशतले बढेको छ । यस्तै, लगानी उपसूचक पनि १.०८ प्रतिशतले बढेको छ ।

Global Ime bank

यता, जीवन बिमा उपसूचक १.४४ प्रतिशत, व्यापार उपसूचक ३७ प्रतिशत र बैंकिङ उपसूचकमा ०.९१ प्रतिशतले करेक्सन भएको छ  ।

शतप्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन लगानीकर्ता जलविद्युत् लगानी तथा विकास कम्पनीमा आकर्षित भएका छन् । कम्पनीको सर्वाधिक ९९ करोड ६५ लाख ६१ हजारको कारोबार हुँदा नेपाल पुनर्बिमा कम्पनीको ५७ करोड ५० लाख ८५ हजार र लुम्बिनी विकास बैंकको ४५ करोड ९३ लाख २ हजारको कारोबार भएको छ ।

आज नेप्सेमा १३ कम्पनीको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द भएको छ । सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुनेमा पोखरा फाइनान्सबाहेक सबै हाइड्रोपावर रहेका छन् ।

नेप्सेमा सूचीकृत भएर बुधबारबाट कारोबार सुरु भएको सीर्डडीबी हाइड्रोपावरको सेयर मूल्य पनि लगातार दोस्रो दिन पनि सर्किट लेभलमा बन्द भएको छ ।

यता, गोर्खाज फाइनान्सको सेयर मूल्य सर्वाधिक ४.२५ प्रतिशतले गिरावट हुँदा हिमालयन जनरल इन्स्योरेन्सको ३.१९ र युनाइटेड इन्स्योरेन्सको ३.१८ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको सेयर मूल्य २.६८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका ९० कम्पनीको सेयर मूल्य बढ्दा ८९ कम्पनीको घटेको छ । यस्तै, तीन कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC