कोरोना संक्रमण अपडेट
काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ । त्यस्तै ८ हजार ६५९ जनामा संक्रमण पुष्टी भएको छ ।
योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ भने मृतकको संख्या ३ हजार ४७५ पुगेको छ । यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो ।
नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । निको हुनेको संख्या २ लाख ८९ हजार ७८३ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८ १६:२८
प्रतिक्रिया दिनुहोस्