site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
न्यूयोर्कलाई उछिन्दै बेइजिङ बन्यो धेरै अर्बपति हुने सहर
तस्बिरः एजेन्सी
Sarbottam CementSarbottam Cement

बीबीसी । चीनको राजधानी बेइजिङ संसारमै सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ । फोब्र्स म्यागजिनले सार्वजनिक गरेको सूचीअनुसार न्यूयोर्कलाई पछि पर्दै बेइजिङ पहिलो नम्बरमा पुगेको हो ।

३३ नयाँ अर्बपति थपिएसँगै बेइजिङमा अर्बपतिको संख्या १०० पुगेको छ । पछिल्लो सात वर्षसम्म सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको न्यूयोर्क यो वर्ष दोस्रो स्थानमा छ । जहाँ सन् २०२१ मा ९९ अर्बपति रहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कोभिड–१९ रोकथाममा पाएको सफलता, प्रविधि सम्बन्धी कम्पनीको उदय र स्टक मार्केटले चीनमा धेरै अर्बपति थपिएका बताइएको छ । यद्यपि बेइजिङका अर्बपतिहरूको कुल पुँजीभन्दा न्यूयोर्कका अर्बपतिहरूको पुँजी ८० बिलियन अमेरिकी डलरले बढी छ ।

यो वर्ष अमेरिकामा ७२४ र चीनमा ६९८ अर्बपति रहँदा भारत धेरै अर्बपति हुने तेस्रो देश बनेको छ । भारतमा यो वर्ष १४० अर्बपति रहेका फोब्र्सले जनाएको छ । चौंथो र पाँचौँ स्थानमा रहेका जर्मनी र रुसमा क्रमशः १३६ र ११७ अर्बपति रहेका छन् ।
फोब्र्सकाअनुसार गत वर्ष विश्वभर ४९३ नयाँ अर्बपति थपिए, जसअनुसार प्रत्येक १७ घण्टामा एक नयाँ अर्बपति थपिएका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement