site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा आँधीबाट ६ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा बिहीबार राति र शुक्रबार बिहान आएको आँधीबाट कम्तीमा पनि ६ जनाको ज्यान गएको बताइएको छ । अमेरिकाको दक्षिणी क्षेत्रमा यस्तो आँधी आएको बताइएको छ ।

यसबाट यहाँको ठूलो क्षेत्रका नागरिकहरु प्रभावित भएका पनि बताइएको समाचारमा जनाइएको छ । अलाबामामा आँधीमा परेर पाँचजनाको ज्यान गएको छ र अरु केही व्यक्ति घाइते पनि भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसबाट यस क्षेत्रका धेरै नागरिक प्रभावित पनि भएका बताइएको छ । यस आँधीबाट यहाँका कैयौँ घरमा क्षति पुगेको छ । केही घर आँधीले भत्काइदिएको छ । त्यस्तै, अरु भौतिक संरचनामा पनि क्षति पुगेको छ ।

अलाबामामा शुक्रबार बिहान आएको आँधीले यहाँको ३८ हजारभन्दा बढी घर विद्युतीकरणबाट वञ्चित भएका छन् भने ठूलो जनसंख्यालाई प्रभावित पारेको बताइएको छ ।

Global Ime bank

त्यसैगरी, दक्षिणी न्युन्यान्समा पनि आँधीबाट एकजनाको ज्यान गएको छ । त्यस क्षेत्रमा बिहीबार रातिदेखि नै टोर्नाडो आएको थियो । यी दुई क्षेत्रमा आँधी आउने सम्भावना अझै पनि रहेकोले सतर्क रहन भनिएको छ ।

यहाँको सरकारले ती क्षेत्रका नागरिकलाई घरबाहिर ननिस्किन भनेको छ भने उद्धार र सहयोगका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement