site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बेल्जियमसँग जर्मनी पराजित
Ghorahi CementGhorahi Cement

काठमाडौं । केभिन डी ब्रुयनाले गोल गरेको खेलमा बेल्जियमले मंगलबार राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीलाई ३–२ ले हराएको छ । यससँगै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोले बेल्जियममा सुखद् सुरुआत गरेका छन् ।

पाहुना टोली बेल्जियमले छैटौँ मिनेटमा यानिक कारास्कोको गोलबाट अग्रता लिएको थियो । कारास्कोले डी ब्रुयनाको पासमा गोल गरेका थिए । त्यसको तीन मिनेट बित्न नपाउँदै रोमेलु लुकाकुले बेल्जियमको अग्रता दोब्बर बनाए । लुकाकुले पनि डी ब्रुयनाकै पासमा गोल गरेका थिए । पहिलो हाफ सकिन एक मिनेट बाँकी हुँदा जर्मनीका निकलस फुलक्रुगले पेनाल्टीमा गोल गर्दै अन्तर कम गरेका थिए ।

Agni Group

खेल सकिन १२ मिनेट बाँकी हुँदा डी ब्रुयनाले गोल गर्दै बेल्जियमको अग्रता बढाए । ८७औँ मिनेटमा सर्ज गेनाब्रीले गरेको गोलबाट जर्मनीले पुनरागमनको प्रयास गरे पनि सफल हुन सकेन ।

यससँगै जर्मनी १९५४ पछि पहिलोपटक बेल्जियमसँग पराजित भयो । २६ सेप्टेम्बर १९५४ मा तत्कालीन पश्चिम जर्मनी मैत्रीपूर्ण खेलमा बेल्जियमसँग २–० ले पराजित भएको थियो ।

Global Ime bank

टेडेस्कोको प्रशिक्षणमा बेल्जियमले यसअघि युरो २०२४ छनोट प्रतियोगितामा स्विडेनलाई ३–० ले हराएको थियो । यससँगै टेडेस्को १९९९ पछि पहिलो दुई खेलमा ६ गोल गर्ने बेल्जियमको प्रशिक्षक बनेका छन् । १९९९ मा रोबर्ट वासिगको प्रशिक्षणमा बेल्जियमले पहिलो दुई खेलमा नौ गोल गरेको थियो ।

गएराति अन्य मैत्रीपूर्ण खेलमा बोलिभियाले साउदी अरबलाई २–१ ले हराउँदा मोरक्कोले पेरुसँग गोलरहित बराबरी खेल्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  ०९:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC