site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राइड टू रानीमहल’मा ९५ साइकलयात्री सहभागी हुने
Tiktok banner adTiktok banner ad

बुटवल । पछिल्लो दुई वर्षयता निरन्तर भइरहेको राइड टू रानीमहलको सिजन ३ यही चैत १७ र १८ गते हुने भएको छ । जिल्ला साइक्लिङ संघ रुपन्देहीले मंगलबार जितगढी किल्लामा पत्रकार सम्मेलन गरी सिजन ३ चैत १७ र १८ गते हुने जानकारी गराएको हो ।

‘साइकल चलाऔँ, आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ राइड टू रानिमहल कार्यक्रम गर्न लागेको जिल्ला साइक्लिङ संघ रुपन्देही अध्यक्ष पुकार थापाले पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

२०७८ मा कोरोनाले रोकिएको कार्यक्रमको तेस्रो सस्करण २०७९ मा गर्न लागिएको बताउँदै उनले १७ गते शुक्रबार बिहान ७ बजे औपचारिक कार्यक्रम सुरु गरी ८ बजे जितगढीबाट हिँड्ने बताए ।

काठमाडौं, रुपन्देही, लमजुङ, हेटौँडा, धरान, बाँके, दाङलगायत जिल्लाका ९५ जना साइकलयात्री उक्त यात्रामा सहभागी हुने अध्यक्ष थापाले जानकारी दिए । उनले राइड टू रानिमहलमा सहभागीगरुलाई इन्ट्री फी दुई हजार ५०० रुपैयाँ राखिएको बताउँदै सोही रकमबाट प्रतिव्यक्ती दुई लाख रुपैयाँको दुर्घटना बिमा गरिएको बताए ।

१२० किलोमिटर लामो कार्यक्रम सञ्चालन गर्न साढे पाँच लाख खर्च अनुमान गरिएको अध्यक्ष थापाले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले खेल स्वास्थ्य र पर्यटनसँग जोडिएको बताउँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । उनले यो वर्ष छोटो समयमा जानकारी पाएको बताउदै अर्को वर्षदेखि प्रदेशको तर्फबाट आर्थिक सहयोगका लागि पहल गर्ने बताए । उनले सुरक्षाको बारेमा ध्यान दिन आग्रह गरे ।

जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष हरि क्षेत्रीले पर्यटनसँग जोडेर हुन लागेको कार्यक्रम सफल बनाउन आवश्यक रहेको बताए । उनले वार्षिक रुपमा योजना ल्याएमा कार्यक्रमको लागि बजेटको व्यवस्थापन गर्न सकिने बताए ।

राइड टू रानिमहलमा विश्व साइकलयात्री पुष्कर शाह प्रमुख आकर्षकको रुपमा रहेको कार्यक्रम संयोजक रिञ्जी थापाले जानकारी दिइन् ।

कार्यक्रममा रुपन्देहीका पूर्वजिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, नेपाल पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष विश्वास ढकाल, साइक्लिङ संघ रुपन्देहीका सचिव अशोक थापालगायतले बोलेका थिए ।

पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक समेत गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १८:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro