site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेक्सिकोको आप्रवासी हिरासत केन्द्रमा आगलागी, ३९ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

काठमाडौं । उत्तरी मेक्सिकोमा अमेरिकी सीमानजिकै रहेको आप्रवासी हिरासत केन्द्रमा आगलागी हुँदा दर्जनौँ व्यक्तिको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् ।

अमेरिकी राज्य टेक्सासको एल पासोबाट सीमापार पर्ने सिउडाड जुआरेजको आप्रवासी हिरासत केन्द्रमा सोमबार राति आगलागी भएको हो । घटनास्थलका तस्बिरहरूमा हिरासत केन्द्र धुवाँले ढाकिएको र त्यहाँ एम्बुलेन्स एवं अग्नि नियन्त्रक र शवहरू पङ्क्तिमा राखिएको देखिएको छ ।

Agni Group

आगलागीमा कम्तीमा ३९ जनाको मृत्यु भएको अलजजिराले लेखेको छ । मेक्सिकोको नेसनल इमिग्रेसन इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा २९ जना घाइतेलाई अस्पताल लगिएको भनिएको छ । 

उक्त हिरासत केन्द्रमा मध्य र दक्षिण अमेरिकाका ६८ वयस्क पुरुषहरू राखिएको बताइएको छ ।

Global Ime bank

मेक्सिकोको महान्यायाधिवक्ताको कार्यालयले घटनास्थलमा अनुसन्धानकर्ता पठाउँदै अनुसन्धान सुरु गरेको बताइएको छ ।

मानव तस्करहरूले जोखिमपूर्ण बाटो प्रयोग गरेर अवैध रुपमा संयुक्त राज्य अमेरिकामा मान्छे पठाउन लहरलाई कम गर्न राष्ट्रपति जो बाइडेनको प्रशासनले प्रयास गरिरहेको छ । 

प्रत्येक महिना मेक्सिकोबाट करिब दुई लाख मानिसले अमेरिकाको सीमा पार गर्ने प्रयास गर्छन् । यहाँबाट अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेमा धेरैजसो मध्य र दक्षिण अमेरिकाका मानिस हुन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC