site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनीले दियो युक्रेनलाई लियोपार्ड–२ ट्यांक
Tiktok banner adTiktok banner ad

बर्लिन । जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्यांक प्रदान गरेको छ । युक्रेनलाई हतियार सहायता गर्ने जर्मनीको प्रतिबद्धताअनुसार लियोपार्ड–२ ट्यांकको पहिलो खेप किएभ पठाइएको रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी टोलीलाई लियोपार्ड–२ ट्यांक प्रयोग र सञ्चालनको प्रशिक्षण दिएपछि पहिलो खेपमा १८ अत्याधुनिक युद्ध ट्यांक पठाइएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका छन् ।

गएको जनवरीमा जर्मनीले युक्रेनलाई लियोपार्ड–२ ट्यांक प्रदान गर्ने आश्वासन दिएको थियो । “हाम्रा युक्रेनी साथीहरूले ट्यांक प्राप्त गर्नुभएको छ । लामो समयसम्म हाम्रो सेनाले युक्रेनी पक्षलाई ट्यांक प्रयोग र सञ्चालनको प्रशिक्षण दिएको थियो,” रक्षामन्त्री पिस्टोयिसले भनेका छन् ।

बेलायतले प्रदान गरेका च्यालेन्जर–२ ट्यांक पनि युक्रेन पुगेका छन् ।

गत वर्ष रुसले आक्रमण गरेपछि युक्रेनले आफ्ना समर्थक मुलुकसँग थप आधुनिक सवारीसाधन र हतियार मागेको थियो ।

लियोपार्ड–२ प्राप्त भएको सम्बन्धमा किएभले कुनै जानकारी नदिए पनि च्यालेन्जर–२ ट्यांक प्राप्त गरेको पुष्टि गरेको छ ।

बेलायतको रक्षा मन्त्रालयका प्रवक्ता इरिना जोलोटारले च्यालेन्जर–२ ट्यांक युक्रेन पुगेको जानकारी दिएकी छन् । उनले युक्रेनी सैन्य टोलीले बेलायतमा ट्यांक सञ्चालनको तालिम लिएको बताएकी छन् । यद्यपि, उनले लियोपार्ड–२ बारे कुनै जानकारी दिइनन् । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro