site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
लामो समय हराएका ज्याक मा चीनमा देखिए
Sarbottam CementSarbottam Cement

काठमाडौं । अलिबाबाका संस्थापक ज्याक मा पछिल्लोपटक चीनको हाङझाउस्थित एक विद्यालयमा देखिएका छन् । उनी करिब तीन वर्षयता सार्वजनिक स्थानमा विरलै देखिएका थिए ।

सन् २०२० मा चिनियाँ वित्तीय नियामक निकायको आलोचना गरेपछि लामो समय बेपत्ता भएका उनी अहिले सामान्य जीवन बिताइरहेका छन् । प्रविधि क्षेत्रका अर्बपतिहरू बेपत्ता हुने गरेको चीनमा विश्वकै प्रभावशाली उद्यमीका रूपमा रहेका ज्याक मा सबैभन्दा ‘हाई प्रोफाइल’ व्यक्तित्व हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनी एक वर्षभन्दा बढी समय विदेश बसेर हालै चीन फर्किएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अलिबाबाकै स्वामित्वमा रहेको साउथ चाइना मर्निङ पोस्टले हङकङमा छोटो समय बसेर ज्याकले साथीहरूसँग भेटघाट गरेको र आर्ट बासेल अन्तर्राष्ट्रिय कला मेलाको अवलोकन भ्रमण गरेको जनाएको छ ।

कृषि प्रविधिका बारेमा जान्न ज्याकले विभिन्न देशहरूको भ्रमण गरिरहेको बताइएको छ । ज्याकले आफू किन सार्वजनिक रूपमा कम देखिन थालेको र किन लामो समय सम्पर्कविहीन भएको भन्नेबारे कुनै टिप्पणी गरेका छैनन् ।

Global Ime bank

अंग्रेजीका पूर्वशिक्षक समेत रहेका माले अलिबाबाको मुख्यालय रहेको सहर हाङझाउको युङ्गु स्कुलमा कर्मचारीसँग पनि भेट गरेको बताइएको छ । उनले शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई)को सम्भावित चुनौतीबारे कुरा गरेका छन् ।

माले भनेका छन्, “च्याटजीपीटी र यस्तै प्रविधिहरू एआई युगको सुरुआत मात्र हुन् । हामीले कृत्रिम बुद्धिमत्ता प्रयोग गरेर समस्याहरू समाधान गर्नुपर्छ ।”

कुनै समय चीनको सबैभन्दा धनी व्यक्ति रहेका माले यो वर्षको जनवरीमा वित्तीय टेक्नोलोजी जायन्ट आन्ट ग्रुपबाट आफ्नो स्वामित्व बेचेका थिए । २०२० को अक्टोबरमा एक वित्तीय सम्मेलनमा चिनियाँ नियामकको आलोचना गरेपछि उनलाई चिनियाँ सरकारी अधिकारीले नै नियन्त्रणमा लिएर लामो समय सम्पर्कविहीन पारेको अनुमान गरिएको थियो ।

गएको फेब्रुअरीमा चीनको बैंकिङ क्षेत्रका अर्बपति एवं चाइना रेनेसान्सका सीईओ बाओ फ्यानलाई सरकारी अधिकारीले नियन्त्रणमा लिएर बेपत्ता पारेका थिए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC