विदेश

काठमाडौं । अमेरिकाको टेनेसी राज्यको नासभिल सहरको एक प्राथमिक विद्यालयमा गोली चलेको छ ।
गोली लागेर ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
प्रिस्कुलदेखि छैठौं कक्षासम्मका करिब २०० विद्यार्थीहरूको निजी प्रेस्बिटेरियन स्कुल द कभेन्ट स्कुलमा सोमबार गोली हानिएको हो ।
गोली लागेर घाइते भएका बालबालिकाको सोमबार बिहान अस्पतालमा मृत्यु भएको जनाइएको छ । मेट्रोपोलिटन न्यासभिल पुलिस विभागले गोली हान्ने व्यक्तिको पहिचान गर्ने काम गरिरहेको बताएका छन् । अल्जजिरा
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ २३:४१
प्रतिक्रिया दिनुहोस्