site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अफगानिस्तानको परराष्ट्र मन्त्रालय नजिकै बम विस्फोट : ६ जनाको मृत्यु
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काबुल । अफगानिस्तानको विदेश मन्त्रालयतर्फ जाने सुरक्षा चौकी नजिकै सोमबार भएको आत्मघाती आक्रमणमा कम्तीमा ६ जना सर्वसाधारणको मृत्यु हुनाका साथै तीन तालिबानी सुरक्षा बलका कर्मचारीहरू सहित अन्य धेरै थुप्रै घाइते भएका छन् ।

काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकी नजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताएका छन्। सोमबारको घटना खाजा समयको वरिपरि भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खामा प्रेसका अनुसार परराष्ट्र मन्त्रालयका कर्मचारी आफ्नो कार्यालयबाट निस्कने क्रममा विस्फोट भएको हो । "मलिक अजगर स्क्वायरमा... आत्मघाती आक्रमणकारीलाई चेक पोइन्टमा  नपुग्दै पहिचान गरी मारिएको थियो, तर उसको विस्फोटक  पदार्थ विस्फोट भयो," काबुलका प्रहरी प्रवक्ता खालिद जद्रानले भनेका छन् । उनले तालिबान सुरक्षा बलका तीन सदस्यसहित कैयौँ व्यक्ति घाइते भएको  पनि बताएका छन् ।

यसअघि प्रत्यक्षदर्शीहरूले टोलो न्यूजलाई दाउदजाई ट्रेड सेन्टर नजिकै परराष्ट्र मन्त्रालयको सडकमा विस्फोट भएको पुष्टि गर्दै यसलाई ठूलो विस्फोटको रूपमा लिएका छन् । काबुलको आपतकालीन एनजीओले ट्विटरमा आज दिउँसो परराष्ट्र मन्त्रालय नजिकै भएको विस्फोटबाट १२ जना घाइते भएको जानकारी दिएको छ ।

Global Ime bank

विष्फोटमा परी घाइते हुनेमा एक बालक समेत रहेको बताइएको छ । तालिबान अधिकारीहरूले अहिलेसम्म यस घटना बारे कुनै टिप्पणी गरेका छैनन् । अहिलेसम्म कसैले पनि आक्रमणको जिम्मेवारी भने लिएको छैन।

काबुल र अन्य शहरी क्षेत्रहरू पछिल्ला महिनाहरूमा धेरै आक्रमणका घटना बढेका छन् जसमध्ये केही इस्लामिक स्टेट लडाकुहरूले त्तसको जिम्मा लिएका छन्।

जनवरीमा भएको विस्फोटमा परराष्ट्र मन्त्रालयमा कम्तिमा पाँच व्यक्तिको मृत्यु भएको थियो र थुप्रै घाइते भएका थिए । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  २१:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC