विदेश

तिराना । अल्बानियाको राजधानी तिरानामा सोमबार बिहान अज्ञात बन्दुकधारीले भवनमा गोली चलाउँदा टीभी स्टेसनको परिसरमा एक सुरक्षा गार्डको मृत्यु भएको छ ।
सशस्त्र आक्रमण स्थानीय समयअनुसार बिहान १ बजे भएको थियो ।
प्रहरीका अनुसार आक्रमणमा शीर्ष च्यानल टीभी स्टेसनको भवन बाहिर रहेको बुथमा ६० वर्षीय सुरक्षा गार्डको मृत्यु भएको थियो ।
प्रहरीले आक्रमणको घटनास्थलबाट दुईवटा अटोमेटिक राइफलसहित जलेको एसयूभी कार फेला पारेको छ । घटनाबारे अनुसन्धान जारी छ ।
प्रधानमन्त्री इदी रामाले सशस्त्र आक्रमणको निन्दा गर्दै पीडित परिवारलाई समवेदना व्यक्त गरेका छन् । रासस/सिन्ह्वा
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९ २०:५२
प्रतिक्रिया दिनुहोस्