site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आवासीय भवनमा विस्फोट हुँदा इरानमा सातजनाको मृत्यु
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

तेहरान । उत्तरपश्चिम इरानको ताब्रिज सहरमा आइतबार तीनवटा आवासीय भवनहरू भत्किँदा कम्तीमा सातजनाको मृत्यु हुनाका साथै अन्य पाँचजना घाइते भएका छन् ।

अर्ध सरकारी फार्स समाचार एजेन्सीले जनाएअनुसार बिहान ३ बजे दुई तले भवनमा भएको विस्फोटले सो भवन नजिकैका अन्य दुई भवन पूर्ण रुपमा ध्वस्त पारेको पूर्वी अजरबैजान प्रान्तको क्राइसिस म्यानेजमेन्ट अर्गनाइजेसनका महानिर्देशक मोहम्मद-बाकर होनारबारले बताएका छन्। विस्फोटबाट नजिकैका  अन्य सयवटा भवनमा क्षति पुगेको र झ्यालका सिसा फुटेको उनले बताए ।

अधिकारीहरूले अझै पनि विस्फोटको कारणको अनुसन्धान गरिरहेका छन् । यसैबीच सरकारी समाचार एजेन्सी इरनाले उद्धार कार्य जारी रहेकाले भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै निकालिएको जनाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  २२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro