विदेश

बेइजिङ । चीनको सांघाई पार्टीका सचिव ली छ्याङ नयाँ प्रधानमन्त्री चयन भएका छन् ।
ग्लोबल टाइम्सले जनाएअनुसार राष्ट्रपति सी चिनफिङले १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा ली छ्याङलाई प्रधानमन्त्री पदका लागि मनोनयन गरेका हुन् ।
प्रधानमन्त्री ली छ्याङले सोमबार बिहान १४औँ राष्ट्रिय जन काङ्ग्रेस (एनपीसी)को पहिलो सत्रको समापनपछि ग्रेट हल अफ द पिपुलमा पत्रकारहरूसँग भेटघाट गर्ने प्रेस सेन्टरले जनाएको छ ।
कार्यक्रमलाई चाइना मिडिया ग्रुपले प्रत्यक्ष प्रसारण गर्नेछ भने सिन्ह्वाले फोटो र टेक्स्टको प्रत्यक्ष प्रसारण उपलब्ध गराउने पनि प्रेस सेन्टरले शनिबार उल्लेख गरेको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: शनिबार, फागुन २७, २०७९ १७:२७
प्रतिक्रिया दिनुहोस्