site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इस्तानबुलमा भूकम्पले क्षति पुगेका कम्तिमा १० अस्पताल खाली गरियो
Tiktok banner adTiktok banner ad

इस्तानबुल । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलका कम्तीमा १० वटा अस्पताललाई सुरक्षित स्थानमा सारिएको छ ।

यी अस्पतालहरूले सहरका अन्य स्वास्थ्य संस्थाका भवनहरूबाट सेवाहरू प्रदान गर्नेछन् वा उनीहरूको परिसरभित्र सुरक्षित संरचनाहरू निर्माण गरी सेवा प्रवाह गर्नुपर्नेछ । 

स्वास्थ्यमन्त्री फहरेटिन कोकाले दक्षिणी प्रान्त हातेयमा शुक्रबार पत्रकारहरूसँग भने, “हामीले स्वास्थ्य संस्थाहरूको संरचनाका लागि देशभरि नै कदम चालेका छौं । यो विपत्तिको अवस्थामा धेरै गुणा बढी आवश्यक पर्दछ ।”

कोकाका अनुसार देशको सबैभन्दा धेरै स्वास्थ्य सुविधा दिने दुई विश्वविद्यालय अस्पतालहरू, कापा र सेराहपासा मेडिकल अस्पतालहरू पनि खाली गरिएका छन् ।

मन्त्री कोकाका अनुसार यी दुई अस्पतालको नयाँ भवन चाँडै निर्माण गरिनेछ । गत फेब्रुअरीको अन्त्यमा गएको भूकम्पीय प्रभाव जोखिम परीक्षणपछि सेराहपासाले युरोप क्षेत्रतर्फको फातिह जिल्लामा रहेको कम्पाउन्डमा रहेका १७ वटा भवनमा स्वास्थ्य र शिक्षा सेवा बन्द गरेको थियो ।

इस्तानबुल नगरपालिकाले हालै देशमा ४६ हजारभन्दा बढी मानिसहरूको ज्यान लिने विनाशकारी भूकम्पको पृष्ठभूमिमा उनीहरूको सुरक्षा परीक्षण गर्न भवनहरूको द्रूत स्क्यान प्रदान गर्न नयाँ कार्यक्रम सुरू गरेको हो । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २१:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro