site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महासचिव सी तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति निर्वाचित
Tiktok banner adTiktok banner ad

बेइजिङ । जनगणतन्त्र चीनको राष्ट्रपतिमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङ निर्विरोध निर्वाचित भएका छन् । यहाँ जारी राष्ट्रिय जनकङ्ग्रेसको १४औँ महाधिवेशनले उनलाई राष्ट्रपतिमा सर्वसम्मतिले चयन गरेको हो । 

महाधिवेशनले महासचिव सीलाई केन्द्रीय सैन्य आयोग (सीएमसी)को अध्यक्षमा समेत निर्विरोध निर्वाचित गरेको छ । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि उनले ग्रेट हल अफ द पिपलमा संविधानप्रति आफ्नो निष्ठा एवं प्रतिबद्धता दोहो¥याए । 

त्यसैगरी, महाधिवेशनले हान झाङलाई उपराष्ट्रपतिमा निर्वाचित गरेको छ । 

यसैबीच अमेरिकी समाचार समिति एसोसिएटेड प्रेसले गम्भीर आर्थिक चुनौतीका साथै अमेरिका र अन्यसँग बढ्दो तनावका बीचमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सी जनकङ्ग्रेसबाट अनुमोदित भएको टिप्पणी गरेको छ । 

उनले दुई हजार ९५२ मत प्राप्त गरेको तथा उनको विपक्षमा एक मत पनि नपरेको जनाइएको छ । 

चिनियाँ नेताहरूले दशकमा एकपटक सत्ता हस्तान्तरण गर्ने परम्परालाई तोड्दै ६९ वर्षीय सी गत अक्टोबरमा तेस्रो पाँचवर्षे कार्यकालका निम्ति सीपीसीको महासचिव बनेका हुन् । संविधानमा दुईपटकभन्दा बढी अवधि राष्ट्रपति बन्न नपाइने व्यवस्थालाई संशोधन गरेर उनी सत्तासिन भएका हुन् । 

गोप्यरुपमा भएको निर्वाचनमा उमेदवारको सूची सार्वजनिक भएको थिएन । सबै पदमा निर्विरोध भएको घोषणा गरिएको थियो । तर, ग्रेट हलको विशाल सभागारमा मतपेटिका राखिएका थिए । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro