site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इल्या भट्टराईको ‘मिसर’ लोकार्पित
Sarbottam CementSarbottam Cement

काठमाडौं । साहित्यकार इल्या भट्टराई लिखित नियात्राकृति ‘मिसर’ एक समारोहका बीच लोकार्पित भएको छ । 

शुक्रबार अपराह्न अक्षर क्रिएसन्स नेपालले आयोजना गरेको कार्यक्रममा वक्ताहरू जय छाङ्छा, डा. गीता त्रिपाठी र नियात्राकार भट्टराईले कृति सामूहिक रूपमा सार्वजनिक गरे ।

कार्यक्रममा बोल्दै नियात्राकार जय छाङ्छाले नियात्रा लेखनले आउने समयमा इतिहास लेख्न मद्दत गर्ने बताए । उनले नियात्रा अनौपचारिक तबरमा इतिहास नै भएको दाबी गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

नियात्राको सिद्धान्तसम्बन्धी पुस्तकसमेत लेखेका छाङ्छाले विश्वको नियात्रा लेखन परम्पराको चर्चा गर्दै भने, “कुनै पनि भ्रमणलाई लिपिवद्ध गर्ने हो भने त्यसले इतिहाससँगै भूगोल, संस्कृति, समाजलाई स्पष्ट देखाउँछ ।”

उनले ‘मिसर’ भित्रका नियात्राहरूको चर्चा गर्दै यो महत्त्वपूर्ण कृतिका रूपमा आएको बताए । 

Global Ime bank

कार्यक्रममा वक्ता डा. गीता त्रिपाठीले इल्या भट्टराईको नियात्रामा व्यापक दृष्टिकोण समेटिएको बताउँदै कृतिमा अनुभूतिको गहिराई भेटिने उल्लेख गरिन् ।

डा. त्रिपाठीले भनिन्, “इल्या भट्टराईको यस कृतिमा जीवन दर्शनको उचाइ परिपक्व रूपमा आएको छ । कृतिभित्रका नियात्राहरू जीवनसँग नजिक भएको मैले पाएँ ।” उनले इजिप्टको प्राचिन परिवेश ‘मिसर’मा भेटिने उनले बताइन् ।

नियात्राकार भट्टराईले मिश्रलाई ‘मिसर’ भन्ने गरिएको बताउँदै उक्त शब्दलाई नै कृतिको शीर्षक बनाएको उल्लेख गरिन् । उनले यात्राको भोकले साहित्य पढ्ने र लेख्ने रुचि जगाएको बताउँदै यात्राकै भोकले यो र यस्ता अरू पनि कृति जन्मिएको बताइन् ।

उनले भनिन्, “यो कृति मैले लेखेको भए पनि यसमा मिहिनेत अर्चना थापाजी र डा. रजनी ढकालको पनि उत्तिकै छ ।”

कार्यक्रममा कथाकार तथा अक्षर क्रिएसन्सकी अर्चना थापाले यो कृति कृतिकार भट्टराईको पाँचौ नियात्राकृति भएको बताउँदै उनको लेखनीको चर्चा गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC