site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घुम्ती मुक्तकबाट खरेल, डा. गौतम र कार्की सम्मानित  
Tiktok banner adTiktok banner ad

काठमाडौं । घुम्ती मुक्तक नेपालले साहित्यकार यादव खरेल, समालोचक डा. लक्ष्मणप्रसाद गौतम र मुक्तककार उदास कार्कीलाई सम्मानित गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा ‘सानु–मखमली मुक्तक नायक श्री सम्मान’ खरेललाई प्रदान गरियो । उक्त सम्मानका साथ नगद राशि १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

संस्थाले १० हजार रुपैयाँसहितको ‘कालीका–शान्ता मुक्तक मानक श्री सम्मान’ समालोचक प्रा. डा. लक्ष्मणप्रसाद गौतम र पाँच हजारसहितको ‘जानकी मवि मुक्तक श्री सम्मान’ मुक्तककार कार्कीलाई प्रदान गर्‍यो । सर्जकहरूलाई कवि बैरागी काइँलाले सम्मानित गरेका थिए ।

कार्यक्रममा बैरागी काइँला, सम्मानित व्यक्तित्वहरू खरेल, प्रा. डा. गौतम, कार्कीसहित निर्मलरमण पराजुली, प्रमोद प्रधान, राधेश्याम लेकाली, रामकाजी कोने, रामप्रसाद ज्ञवाली, उषा शेरचनलगायत व्यक्तिले बोलेका थिए । ती सम्मानहरू क्रमशः विमला खड्का, निर्मलरमण पराजुली र सानु शर्माले स्थापना गरेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro