
काठमाडौं । कथाकार शोभा ज्ञवालीको दोस्रो कथासंग्रह ‘संङ्घर्ष’ मंगलवार लोकार्पण भएको छ । उनको पहिलो कथासंग्रह‘सम्पूर्ण आकाश’ प्रकाशित भइसकेको छ ।
‘संघर्ष’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, प्राध्यपक डा. ज्ञानु पाण्डे, माइती नेपाल अध्यक्ष अनुराधा कोइराला, साहित्यकार डा.नवराज लम्साल, समाजसेवी डा. माला खरेलबाट मंगलबार सामुहिक रुपमा लोकार्पण गरिएको हो ।
समाजको विभिन्न क्षेत्र रहेका नारी पात्रका समस्या र संघर्ष कथामा समेटिएको बताइन् । ‘‘विभिन्न ठाउँमा घुम्ने क्रममा मेचीदेखि महाकालीसम्मका महिलाहरुले नेपाली समाजमा भोग्नु परेको असमानता, विभेदहरुको बिषयलाई समेटेकी छु, कथामा नारी आफैले संघर्षवाट नेतृत्व प्राप्त गर्न सक्छन् भन्ने मेरो बुझाइ हो” ज्ञवालीले भनिन् ।
नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीले आमा शोभाले कथा लेखनका लागि व्यस्ततावीच समय निकालेको बताइन् ।
कथाका टिप्पणीकर्ता साहित्यकार लम्सालले ‘संघर्ष’ कथास्रंगह र ज्ञवालीको लेखन नेपाली साहित्यको इतिहासमा नयाँ मोडको रुप हुन सक्ने संकेत गरे ।
“कथालेखनको सयौ बर्षको इतिहासमा ज्ञवालीाका कथा लेखनले घुम्तीविन्दु (टर्निङ प्वाइन्ट) हुन सक्छ,” उनले भने ।
सबैजसो कथाले आजको नारी समावेशी भन्दा पनि नेतृत्व तहमा पुग्नु पर्ने बिषयलाई प्रभावकारी रुपमा उठाएको लम्सालले बताए ।
“काल्पनिक शैली भन्दा पनि प्रत्यक्ष भेटेका पात्र कथा बढी समेटिएको हुनाले भिन्न शैली भेटिन्छ,” लम्सालले भने ।
कथामा नारी संघर्ष, ऊर्जाको सन्देश भरेको लम्सालले बताए ।
“कथामा नारीको लागि ऊर्जाको क्याप्सुल भेटिन्छ,” उनले भने ।
एउटी सक्षम नारी भएर पनि कथामा आमा, बुहारी, छोरी पात्र भएर लेखन रहेको बताए । सरल भाषा,नयाँ बिषय बस्तुले कथाको रोचक पक्ष रहेको उनले औल्याए ।
प्राध्यापक डा. ज्ञानु पाण्डेले समालोचना गर्दै कथामा समाजको नारी समस्या, संघर्ष, असमानताको उजागार हुनु सवल पक्ष रहेको बताइन् ।
तर कथाको परम्परागत शैलीलाई तोड्नेको लागि नारी माथि विभेद गर्ने, अपराध गर्न पुग्ने पुरुष पात्र भित्र लुकेको सामाजिक,आर्थिक संरचनाको भूमिकाको पक्षलाई उजागार हुन नसकेको बताइन् ।
“समाजमा पुरुष पात्रले नारी माथि किन अपराध गर्छ ? किन विभेद गर्छ ? आफैले गरेको विभेदी व्यवहारले पुरुष पात्रभित्र उब्जिने मनोदशा, सामाजिक बाधा, उत्पे्रैरणा जस्ता पक्षलाई उजागार गरी अवको कथा लेखिनु पर्छ,” पाण्डेले भनिन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कथाहरु महिला केन्द्रित र निजात्मक शैलीमा रहेको बताए ।
यथार्थवादी, समसामयिक बिषय समेटिएकोले कथा पाठकको आकर्षण पक्ष रहेको बताए ।
कथाले नारी समस्या र संघर्षको विषयलाई उठान भएपनि समाधानको अन्य समाधानको बाटो उल्लेख गर्न छुटाएको बताए ।
“नारी माथिको कुनै पनि विभेदको अन्त्य गर्न राजनीतिक तथा आर्थिक अधिकार सुनिश्चत नभएसम्म समस्या सकिंदैन,” डा. भट्टराइले भने ।
कार्यक्रमकी अतिथि अनुराधा कोइरालाले कथाका पात्र खोज्न ज्ञवाली माइती नेपालको सम्पर्कमा पुगेको स्मरण गरिन् ।
कथाका पात्रजस्तै अहिले पनि नेपाली समाजमा महिला वालिका, महिला माथिको बलात्कार, वेचबिखन नयाँ स्वरुपमा फस्टाएको बताइन् ।
आफ्नै जन्मदिनकै दिन ज्ञवालीको पुस्तक लोकार्पण भएको हो ।