site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जानु धितालको ‘छाउगोठकी आमा’ लोकार्पित
Tiktok banner adTiktok banner ad

काठमाडौं । कवि जानु धितालको पहिलो कविताकृति ‘छाउगोठकी आमा’ सार्वजनिक गरिएको छ ।

शनिबार नेपाल स्रष्टा समाजद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालगायत व्यक्तिले संयुक्त रूपमा उक्त कृति लोकार्पण गरे ।

शर्माले धितालका कविताहरू ‘अभिव्यक्ति’मा प्रकाशित हुँदा नै उनमा काव्य झिल्को देखिएको बताए । उनले धितालको काव्य क्षमताको चर्चा गरे ।

कवि स्नेह साय्मिले धितालका कवितामा सुखदुःख, प्रेम पीडा, विद्रोह व्यंग्य सबै रहेको बताए ।

डा. शान्तिमाया गिरीले धितालका कवितामा नारीवादी चेत रहेको उल्लेख गरिन् ।

प्रा. डा. भरत भट्टराईले कृतिभित्र समेटिएका २६ कविताको विश्लेषण गरे ।

कार्यक्रममा कृतिकार धितालसँगै पवन आलोक, विधान आचार्य, श्रीओम रोदन, माधव बिडारीले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro