
सुर्यनारायण एच पेलिस
यतिसम्म कि
चोरी अनि ठगी हुन्छ
सरसर्ती हेर्दा भने
सबै साथीसंगी हुन्छ
सामाजिक सञ्जाल भनिन्छ
असामाजिक जाल भेटिन्छ
खबवै रंगीचंगी हुन्छ
असामाजिक कुरा सस्तै हुन्छ
सामाजिकको महँगी हुन्छ
कुरा यति गरियो कि कुरै छैन
सिङ न पुच्छर, तालसुरै छैन
खाना सेलाउँछ कहिले
निन्द्रा हराउँछ कहिले
यति गहिरो माया बस्छ कि
अर्कोपटक मेसेन्जरमा कल नै उठ्दैन
मनको कुरा साटेँ भनेको
कसैले बुझ्दै बुझ्दैन
तैपपि, बानी छुट्तै छुट्तैन
मन परी नपरी लाइक गरिन्छ
त्यही फिर्ता हुन्छ
लाइक हेरेर दंग परिन्छ
के–के लेखिन्छ
लौ अर्कै पो सोचे कि भनेर
झसंग परिन्छ
टिप्पणीकारहरू अजिब हुन्छन्
तुक खासै हुँदैन
अहंकारहरू सजीव हुन्छन्
वार कि पार हुन्छ
विषय यति गहिरा हुन्छन् कि
बुझ्नै सकिन्न
निस्सार हुन्छ
व्यस्त छु भन्दै कल उठाइन्न
इन्स्टा, फेसबुक अनि लाइक केही छुटाइन्न
छुटाउनै परेछ भने कि गाडी छुटाइन्छ
कि काम छुटाइन्छ
कमेन्ट ब्याक गर्न छुटाइन्न
हेर्ने नहेर्ने हेरिन्छ
केही छोडिन्न
यति धेरै कुरा अहो,
आवश्यकतासँग कहीँ कतै जोडिन्न !
मन दुखेर एक्लै रोएको पनि सेल्फी हानिन्छ
पोस्ट गरिन्छ
लाइक र कमेन्ट हेरेर मन थामिन्छ
इन स्याड मुड लेखिन्छ
आखिर चित्र न हो, चित्रजस्तै देखिन्छ
सम्बन्धहरू सुमधुर पनि देखिन्छ
तर, जीवन्त त कहाँ भेटिन्छ ?
(म्याग्दे–६, तनहुँ)