विदेश

बर्लिन । जर्मन चान्सलर ओलाफ स्कोल्जले शनिबार जेरुसेलममा भएको ‘भयानक’ आक्रमणबाट आफू स्तब्ध भएको बताएका छन् ।
इजरायलको केन्द्रमा भएको आक्रमणमा केही मानिसको मृत्यु भएको छ । केही घाइते भएका छन् । शुक्रबार एक सभाघरमा भएको आक्रमणमा सातजनाको मृत्यु भएको थियो । शनिबारको आक्रमणमा दुईजना घाइते भएका थिए ।
चान्सलरले ट्विट गर्दै पीडितहरूप्रति समवेदना व्यक्तसहित जर्मनी इजरायलको पक्षमा रहेको बताएका छन् । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९ १९:५२
प्रतिक्रिया दिनुहोस्