site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
न्युजिल्यान्डमा भीषण वर्षा, अकल्यान्डमा आपत्काल घोषणा
Ghorahi CementGhorahi Cement

जेरुसेलम । मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि न्युजिल्यान्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीनजनाको मृत्यु भएको छ । अर्का एकजना हराइरहेका छन् ।

व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् । यातायात सेवा ठप्प भएको छ । आवासीय क्षेत्र र व्यावसायिक प्रतिष्ठानमा शुक्रबार विद्युत् आपूर्ति हुन सकेन ।

Agni Group

यो वर्षको ग्रीष्मकालमा ७५ प्रतिशत वर्षा हुने अनुमान गरिएकामा शुक्रबार १५ घण्टासम्म अनवरत परेको पानीले जीनजीवन कष्टकर पारेको छ । राष्ट्रिय जलवायु विज्ञान विभागले अकल्यान्डमा वर्षाको प्रभाव लामो समयसम्म रहने जनाएको छ ।

अकल्याडका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन् । सुरक्षाकर्मी अहोरात्र उद्धारमा खटिएका छन् । स्थिति अझै सामान्य बनेको छैन । केही स्थानमा बाढीले अकल्पनीय विनाश गरेको छ ।

Global Ime bank

प्रधानमन्त्री क्रिस हिप्किन्सले देशको सबैभन्दा ठूलो नगर अकल्यान्डमा धेरै क्षति भएको शनिबार पत्रकारहरूलाई जानकारी दिए । लामो समयको अन्तरालमा देशमा मुसलधारे वर्षा भएको बताउँदै उनले क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जानकारी पनि दिए । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC