site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दक्षिण कोरियाले चीनबाट छोटो समयका लागि आउनेहरूमाथि प्रतिबन्धन लगाउने
Sarbottam CementSarbottam Cement

सोल । दक्षिण कोरियाले फ्रेब्रुअरीको अन्त्यदेखि चीनबाट छोटो समयका लागि आउनेहरूमाथि प्रतिबन्धन लगाउने भएको छ । चीनको चान्द्रिक नयाँ वर्षको बिदा पछि त्यहाँ कोभिड–१९ को संक्रमण स्थिति भयावह हुनसक्ने चिन्ताका कारण सोलले यो कदम उठाउन लागेको हो । 

जनवरीको सुरुमै दक्षिण कोरियाले चीनस्थित आफ्नो कूटनीतिक नियोगबाट अधिकांश छोटो समयका भ्रमणका लागि भिसा जारी गर्न छोडेको हो । चीनमा कोरोना भाइरसको भयावह स्थितिलाई लिएर यो कदम चालिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

डिसेम्बरमा चीनमा कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बनाइएका नियमहरू फुकुवा गरिएपछि भाइरसको सम्भावित नयाँ म्युटेसनको चिन्ता बढेको छ । दक्षिण कोरियाले चीन, हङकङ र मकाओबाट आउने सम्पूर्ण यात्रुले आफुकहाँ पुग्नु ४८ घन्टा अघि कोराना परिक्षण नेगेटिभ भएको रिपोर्ट बुझाउनुपर्ने र आफ्नो भूमि टेक्ना साथ उनीहरूले पुन: स्वास्थ्य परीक्षण गराउनुपर्ने प्रावधान बनाएको छ । 

जनवरी महिनामा अपनाइएको यस नीतिका कारण चीनले पनि दक्षिण कोरियालीहरूलाई छोटो समयको भ्रमणका लागि भिसा दिन बन्द गरेको थियो । यसले गर्दा चीनतर्फ ठूलो परिमाणमा वस्तु निर्यात गर्ने सोललाई व्यापार अवरुद्ध हुने चिन्ता लागेको हो । 

Global Ime bank

तैपनि शुक्रबार दक्षिण कोरियाको स्वास्थ्य निकायले अर्को महिना सम्मका लागि यो नीति लम्ब्याउने निर्णय गरेको हो ।

एपीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  २३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC