site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारत र पाकिस्तानबीच झण्डै आणविक युद्ध सुरु भएको थियो : पोम्पियो
Sarbottam CementSarbottam Cement

वासिंगटन । अमेरिकी पूर्वविदेशमन्त्री माइक पोम्पियोले आफ्नो स्मरणमा आधारित नयाँ पुस्तकमा सन् २०१९ मा भारत र पाकिस्तानबीच झण्डै आणविक युद्ध हुन लागेको कुरा उल्लेख गरेका छन् ।

विवादास्पद हिमाली क्षेत्र काश्मिरमा भारतीय फौजमाथि भएको आक्रमणको जवाफमा दिल्लीले पाकिस्तानी भूभागमा लडाकुहरुमाथि लक्षित हमला गरेपछि आणविक युद्ध नजिकिएको पोम्पियोले उल्लेख गरेका बीबीसीले लेखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसबेला पाकिस्तानले दुईवटा भारतीय सैनिक जेट विमान खसालेको र एकजना लडाकु विमानका पाइलटलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो । सम्पूर्ण काश्मिर भूभागै आफ्नो भएको दाबी गर्ने भारत र पाकिस्तान दुवैले यसको केही भागमा मात्र नियन्त्रण जमाउन सकेका छन् । 

लामो समयदेखि भारतले पाकिस्तानलाई काश्मिर उपत्यकामा पृथकतावादी लडाकुहरुलाई साथ दिने गरेको आरोप लगाउँदै आएको छ । तर, पाकिस्तानले पनि यो आरोपलाई ठाडै अस्वीकार गर्दै आएको छ । 

Global Ime bank

सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वाधिनता हासिल गरेर टुक्रिएयता आणविक हतियार सम्पन्न छिमेकी मुलुक भारत र पाकिस्तानबीच तीनवटा युद्ध भइसकेको छ ।

‘इन नेभर गिभ एन इन्चः फाइटिङ फर दी अमेरिका आई लभ’ नामक पुस्तकमा पोम्पियोले लेखेका छन्, “सन् २०१९ को फ्रेबु्रअरीमा भारत र पाकिस्तान कति धेरै आणविक युद्ध नजिक पुगेका थिए भन्ने कुरा मेरो विचारमा विश्वलाई राम्ररी थाहा छैन । सत्य के हो भने मैले पनि यकिनका साथ जवाफ दिन्नँ । तर, मलाई थाहा भएसम्म तिनीहरु आणविक युद्धको धेरै नै निकट पुगेका थिए । हनोइमा उत्तर कोरियालीहरुसँग आणविक हातहतियार विषयमा चलिरहेको बैठकमा बसिरहेका बेला त्यस रात भारत र पाकिस्तानले आपसमा चेतावनी दिन थालेको घटना म कहिल्यै भुल्न सक्तिनँ ।”

त्यसबेला काश्मिरमा इस्लामिक आतंककारी समूहले गरेको आक्रमणमा ४० जना भारतीय फौजीले ज्यान गुमाएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  २१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC