site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानमा मालबाहक पानीजहाज दुर्घटनामा
Sarbottam CementSarbottam Cement

टोकियो । जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एकजनाको मृत्यु भएको छ भने अन्य नौजना बेपत्ता भएका छन् । 

नागासाकीस्थित चिनियाँ महावाणिज्य दूतावासले बुधबार दिएको जानकारीअनुसार हङकङमा दर्ता भएको कार्गो जहाजमा १४ चिनियाँसहित र म्यानमारका चालक दलका आठ सदस्य थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

६ हजार ६५१ टन क्षमताको जहाजमा २२ जना सवार थिए । जापानको तटरक्षक बलले डान्जो टापुबाट करिब ११० किलोमिटर पश्चिममा मङ्गलबार राति ११ः१५ बजे आपतकालीन फोन आएको जनाएको छ ।

गस्ती डुङ्गा र विमानहरूले हराइरहेकाहरूको खोजी गरिरहेका छन् र उनीहरू लाईफबोटमा तैरिरहेको हुनसक्ने आशा गरिएको छ । 

Global Ime bank

सामुद्रिक गार्डले भने डुबेको मालवाहक जहाजको आसपासमा शक्तिशाली हावाहुरीका कारण खोजी तथा उद्धार कार्यमा बाधा पुगेको जनाइएको छ ।

चारजना चिनियाँ र एकजना म्यान्मारका गरी चालक दलका पाँचजना सदस्यलाई सकुशल उद्धार गरिएको महावाणिज्य दूतावासले जनाएको छ ।

म्यान्मारका चालक दलका एक सदस्यको मृत्यु भएको पुष्टि भएको छ भने अन्य सातजना बेहोस रहेका र उनीहरूको उपचार भइरहेको बताइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !