site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एकसय बढी अभियोग लागेका कुख्यात जुवा खेलाडीलाई १८ वर्षको कैद सजाय 
Tiktok banner adTiktok banner ad

बेइजिङ । सांगठनिक अपराध र अवैध जुवा खेलाएकोसहित १०० बढी अभियोगमा मकाउका प्रमुख जुवा खेलाडी एल्भिन चाउलाई १८ वर्ष लामो कारावासको सजाय सुनाइएको छ । ४८ वर्षीय चाउलाई १०५ अर्ब अमेरिकी डलर भन्दा बढीको अवैध बाजीमाथि केन्द्रित एउटा मुद्दामा दोषी ठहर गरिएको हो । 

स्थानीय क्यासिनो उद्योगमा रङ्गिन मिजास र उच्च व्यक्तित्वका रूपमा चिनिने चाउले भने आफूविरुद्ध लगाइएका सम्पूर्ण अभियोग अस्वीकार गरेका छन् ।

क्यासिनो जुवालाई वैधानिकता दिइएको एक मात्र चिनियाँ सहर मकाउ पूर्व पोर्चुगी उपनिवेश हो ।

उनी सनसिटी ग्रुपका संस्थापक अध्यक्ष पनि हुन् । यस ग्रुपले संगठित रूपमा धनी जुवाडेहरूलाई क्यासिनोहरूमा पुर्‍याउने गरेको छ । मकाउकै सबैभन्दा ठूलो संस्थाको रूपमा चिनिने यस ग्रुपले मुख्यभूमि चीनबाट जुवाडेहरूलाई मकाउका विभिन्न क्यासिनो गएर जुवा खेल्न आवश्यक सम्पूर्ण बन्दोबस्त जुटाउनेलगायत आवश्यक परेमा उनीहरूलाई ऋणको समेत व्यवस्था गर्ने गरेको छ । साथै क्यासिनोहरूका फसेका रकम उठाइदिने काम समेत गर्दै आएका यसले मकाउभरिका क्यासिनोमा भीआईपी रुमहरू सञ्चालन गरिरहेको छ । 

पक्राउमा परेको केही दिनपछि अर्थात् सन् २०२१ को डिसेम्बरमा 'जन्केट किङ'को उपनामले पनि चिनिने व्यापारी चाउले सो समूहबाट राजीनामा दिएका थिए । 

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro